सुक्दै गरेको खोला
समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत खाम्बचेमा पछिल्लो समय हिमपात नहुँदा सुक्दै गएका खोला।
कोशीका कानुन मन्त्री अधिकारीद्वारा राजीनामा
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा दिनुभएको छ ।
कबड्डी प्रतियोगिताको उपाधि जमुवा क्लबलाई
सुनसरी सदरमुकाम इनरुवा ९ बबिया जमुवा खेल मैदानमा सम्पन्न भएको प्रथम वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधी जमुवा क्लब इनरुवाले हात पारेको छ ।
छठघाट निर्माणका लागि सात लाख सहयोग
लहान नगरपालिकाको उत्तर पूर्वबाट बग्ने खुटी खोलामा छठ पर्व मनाउन घाट सजाउनका लागि लहान नगरपालिकाले सात लाख सहयोग गरेको छ ।
गान्धी मनमोहन मार्ग अलपत्र
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे–१० शिविरडाँडाबाट शनिश्चरे बजार– गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग छ ।
फिदिममा आगलागी हुँदा घर जल्यो : एकजना गम्भीर घाइते
एकजना गम्भीर घाइते हुनुभएको छ। मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी हुँदा ६२ वर्षीय जयप्रकाश राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक)बेनिलाल साहले बताउनुभयो।
छठ पर्वको अवसरमा शोभा यात्रा
धार्मिक महत्त्व बोकेको वृद्ध गंगा नदी तटमा मनाइने छठ पर्वको अवसर पारेर धार्मिक शोभा यात्रा इटहरीमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।
मधेश र कर्णाली प्रदेश विजयी
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् ।
छठ घाट निर्माण सुरु
सुनसरीमा छठपूजाका लागि विभिन्न नदीखोला तथा जलाशयहरुमा छठ घाट निर्माण सुरु भएको छ । जिल्लाको सीमावर्ती स्थानीय तहहरुमा नदी, खोला, पोखरी तथा जलासय अभाव रहेको ठाउँमा कितृम पोखरी बनाएर पूजापाठको तयारी गरेको छ ।
छठमा बढ्यो केराको व्यापार
छठ पर्व सुरु भएसँगै सुनसरीमा केराको व्यापार बढेको छ । छठ पूजामा अनिवार्य प्रसाद सामग्रीको रूपमा केरा प्रयोग हुने भएकाले केराको माग बढेको हो ।
सकियो काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण
इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।
लोपोन्मुख खरमजुरको वासस्थान फैलँदै
सप्तकोशी नदीमा आएको बाढीसँगै लोपोन्मुख अवस्थामा पुगेका खरमजुरको वासस्थान फराकिलो भएको छ ।
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधानअनुसार प्रदेशलाई दिइनुपर्ने बताउनुभएको छ।
सडक दुर्घटनामा ३ जनाको मृत्यु
झापाको कनकाई नगरपालिका –५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वालकको घटनास्थलमै मृत्यु भएको छ ।
६० हजार नगदसहित तीनजना प्रहरीको नियन्त्रणमा
पाँचथर प्रहरीले जुवा खेलिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक बेनिलाल साहको नेतृत्वमा खटेको टोलीले फिदिम –२ स्थित खेमनाथ अधिकारीको घरबाट आइतबार राति तीन जनासहित १६ थान कौडा र ६० हजार ५ सय ३० रुपियाँ नियन्त्रणमा लिएको हो ।
उराँव समुदायले मनाए सुकराती जतरा
तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् ।
दुई सय ७० वर्ष पुरानो रोटे पिङ
पाँचथरमा तिहारको भाइटिकाको दिनदेखि मेला लाग्छ, जसको इतिहास दुई सय ७० वर्ष पुरानो छ ।
सकियो चलचित्र ‘ऊनको स्विटर’को छायाँकन
नेपाली चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनको काम सकिएको छ । छायाङ्कनको काम अन्तिम चरणमा पुगेको निर्देशक फुङ्सो जवेगूले बताउनुभयो ।
दाइजो स्वरूप गाउँ नै दिने प्रथा
तराई मधेश क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् ।
दशगजामा शुभकामना आदानप्रदान
भाइटीकाको अवसरमा आइतबार सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित नेपाल–भारतको दशगजा क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ।
मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हामी नेपालीहरुको मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउनु भएको छ ।
नौ लाख नगदसहित १५ जुवाडे पक्राउ
सुनसरीको वराहक्षेत्र ३ नडाहबाट जुवा खेलिरहेका १५ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार बिहान जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या प्रयास
झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टराई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ ।