फुङ्फुङे झरना पर्यटन मेला हुने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङे झरना पर्यटन मेला आयोजना गरिने भएको छ ।
बृहत्तर वराहक्षेत्रको परिक्रमा सुरु
सुनसरीको चतराधामबाट ‘पन्ध्र दिवसीय वराहक्षेत्र परिक्रमा पदयात्रा’ सुरु भएको छ ।
कञ्चनजङ्घामा नाउर
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर ९वन भेडा०। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति रहेको छ ।
भारतीय पर्यटकको रोजाइमा इलाम
मनसुन सकिएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् ।
आहा फाप्लु विमानस्थल
सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा रहेको छ ।
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् ।
गर्भवती बनाएको आरोपमा पक्राउ
ताप्लेजुङका एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका हुन् ।
फिदिमलाई हराँउदै तुम्बेवाले जित्यो तरुण गोल्डकपको उपाधि
प्रतिस्पर्धी फिदिम नगरपालिकालाई हराउँदै तुम्बेवा गाउँपालिका सातौं तरुण गोल्डकपको उपाधि जितेको छ।
अवैध मदिरासहित भारतीय कार चालक नियन्त्रण
भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साबुन उत्पादन गरी जीविकोपार्जन
आफ्नो घर वरपर पाइने वनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जिविकोपार्जन गर्दै आउनुभएको छ ।
विपद् प्रभावितलाई लत्ताकपडा वितरण
यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।
पॉचथरमा साङ्केतिक भाषाको चारमहिने तालिम
पॉचथरको सदरमुकाम फिदिममा साङ्केतिक तालिम आयोजना गरिएको छ ।
कात्तिक अन्तिम साता अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने
यही कात्तिक २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिकामा हाम्रो राजारानी पुरुष भेट्रान अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।
माटोको अम्लीयपन घट्दै
पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ ।
उर्लाबारीका नगरप्रमुख खरेलमाथि मुक्का
मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ ।
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् ।
स्काभेटरले गाडी तार्दै
सोलुखुम्बु, कात्तिक १३ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ छिर्दीस्थित दुधकोशीमा स्काभेटरको सहयोगमा गाडी खुम्बु पासाङल्हामु गाउँपालिका १ तर्फ तारिँदै । दुधकोशीमा पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् । तस्बिरः रासस
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति
धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।
पुलमा झुन्डिएर सुनकोशी वारपार गर्नुपर्ने बाध्यता
सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुन्डिएर नदी वारपार गर्न बाध्य भएका छन् । गत असोज १२ गते सुनकोशीमा आएको बाढीले पुल बगाएपछि अहिले डिकुवाका नागरिक ज्यानको बाजी राखेर नदी वारपार गर्नु परेको हो ।
सङ्गिनी नाच ब्युँताउँदै महिला समूह
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच नभएको समयमा बालन र सङ्गिनीको हाई हाई थियो ।
प्रदेश कार्यालयको सेवा प्रभावकारी नभएको गुनासो
प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरूले बताएका छन् ।
खेलकुदमय बन्दै ताप्लेजुङ
चाडपर्वको समयसँगै अहिले ताप्लेजुङ खेलकुदमय बनेको छ । खेलाडीको उत्पादन तथा विकास गर्ने उद्देश्य र खेलकुद गतिविधिलाई मनोरञ्जनका रूपमा हेर्ने गरिएकाले चाडपर्वको समय खेलकुदमय हुन थालेको हो ।
इलाममा डेंगु सङ्क्रमण बढ्दो
पहाडी जिल्ला भए पनि इलाममा डेंगुको त्रास भने कायमै छ । अहिले पनि अस्पताल आएकाहरूमा डेंगु सङ्क्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
ड्रागनखेतीमा जमेका लाहुरे
अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।