सङ्कटमा डोम जाति
पछिल्लो समय सहरदेखि गाउँसम्म शौचालय सफाइ गर्ने आधुनिक मेसिन प्रयोगमा आएपछि डोम जातिको पेसा सङ्कटमा परेको छ । डोमहरू परम्परागत रूपमै सरसफाइ सम्बन्धी काम गर्ने गर्छन् ।
वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला
खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ ।
गर्भपतन गरेर भ्रूण फाल्ने दुई जना पक्राउ
ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रूण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिससद्वारा दश व्यक्तित्व सम्मानित
जिल्ला समन्वय समिति ताप्लेजुङले आफ्नो जिम्मेवारीप्रति सक्रिय तथा समाजका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ ।
फोहोरमा कवाडी खोजेर मोहोर जोड्दै
मोरङको सुन्दरहरैँचा–१० का ३४ वर्षीय दिनेश तामाङ र उहाँकी पत्नी सम्झना तामाङले फोहोरमा कवाडी सामान खोजेर घर चलाउन थालेको छ वर्ष भयो । फोहोरमा कवाडी सामान खो
बाढीको क्षति पुनःनिर्माण गर्न बजेट छुट्याउने कोशी मन्त्रिपरिषदको निर्णय
कोशी प्रदेश सरकारले बाढी पहिरोबाट पूर्वाधारमा भएको क्षति पुननिर्माण गर्न चालु वर्ष मन्त्रालयमा विनियोजन भएको बजेटबाट १० प्रतिशत रकम समर्पण गराउने भएको छ।
ताप्लेजुङको जिल्ला सभा र वार्षिक समीक्षा सुरु
जिल्ला समन्वय समिति ताप्लेजुङको जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला समिति समितिको सभा हलमा सातौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सुरु भएको हो।
कांसाहोप ताल पर्यटकको गन्तव्यस्थल बन्दै
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी भङ्गेटारमा स्थानीयले श्रमदानबाट निर्माण गरेको कांसाहोप ताल पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ ।
रेडपान्डा जोगाउन कुकुर र बिरालोलाई खोप
ताप्लेजुङमा रेडपान्डा जोगाउन कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ।
तस्करी बढेसँगै राजस्व अनुसन्धानको सक्रियता बढ्यो
चाडपर्वको समयमा पूर्वी नेपालका विभिन्न भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैध सामान भित्रिने क्रम बढ्दो छ । इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट अवैध तस्करी बढेसँगै इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले गस्तीलाई व्यापकता दिँदै आफ्नो सक्रियता बढाएको छ ।
रवि लामिछानेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक : उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भएको बताउनुभएको छ ।
तिहार नजिकिएसँगै मादल बनाउने चटारो
धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । नेपालीको दोस्रो महान चाड तिहार नजिकीएसँगै उहाँसहित उहाँको परिवारलाई मादल बनाउन चटारो भएको हो ।
झापालाई तेस्रो रात्रिकालीन मेयर कप भलिबलको उपाधि
सुनसरीको इनरुवामा तेस्रो रात्रिकालीन मेयर कप भलिबलको उपाधि झापाले चुमेको छ ।
सरकारी निकायबिच समन्वय नहुँदा छ वर्षदेखि योजना अलपत्र
बन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजना बिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन ।
पर्यटकीय गन्तव्य बन्दै सूर्यकुण्ड
चतरा बजारबाट उत्तर र धरान बजारबाट पश्चिमउत्तर उक्लिएपछि पुगिने वराहक्षेत्र नगरको पहाडी क्षेत्रमा रहेको सूर्यकुण्ड पछिल्लो समय हाइकिङ, ट्रेकिङलगायत पर्यटकीय स्थलको गन्तव्य बन्दै गएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महìव बोकेको सूर्यकुण्ड पहाडी र ग्रामीण वातावरणमा मज्जाले रमाउन सकिने स्थानका रूपमा समेत परिचित बन्दै गएको हो ।
यामबहादुरको बारीमा मुलै मुला (फोटो फिचर)
पाँचथरका किसान यामबहादुरको बारीमा भरी मुलै मुला छ । उहाँ यति बेला आफूले उत्पादन गरेका मुला धमाधम बिक्री गर्न भ्याई नभ्याई छन् ।
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
दसैँ सकिएसँगै गाउँघर सुनसान
हिन्दुको महान् चाड दसैँ सकिएसँगै अहिले ताप्लेजुङका गाउँघर सुनसान हुन थालेका छन् । जागिर, रोजगारलगायतका काममा संलग्न आफ्नो कर्मथलोतर्फ फर्कन थालेपछि गाउँघर पुनः सुनसान हुँदै गएको हो ।
जग्गा विवादमा एकको हत्या
जग्गा सम्बन्धी विषयलाई लिएर भएको विवादका कारण झापाको दमकमा एक युवाको ज्यान गएको छ । झापाको दमक वडा नं. ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको ढुङ्गा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुई लाख मूल्यको सिक्किमे रम बरामद
ताप्लेजुङमा भन्सार छली गरेर ल्याउँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चेकजाँच गर्ने क्रममा फेला परेको दुई लाख रुपियाँ मूल्य बराबरको सिक्किमे रम (मदिरा) प्रहरीले नियन्त्रणमा लिएको हो ।
जडीबुटीबाटै मनग्य आम्दानी लिने भोटखोलाकी फुपु पोङ्सुवा
उमेरले उहाँ तीन दशकको पेरिफेरीमा छिन तर जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पा लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नु हुन्छ ।
रिचार्ज पोखरीमा डुङ्गा सयरसँगै माछापालन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भङ्गेटारका स्थानीयले चन्दा सङ्कलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ ।
बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज ललितपुर बेलबारी गोल्डकपको उपाधि होडबाट बाहिरिएको छ ।