सहकारी घोटालामा एक सय नौ जनाविरुद्ध मुद्दा
माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेशकुमार कर्ण कायस्थलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
गठबन्धनको उद्देश्य स्थिर सरकार, सुशासन र आर्थिक विकास : डा.कोइराला
नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले देश राजनीतिक रुपमा अप्ठ्यारोमा परेकाले कांग्रेस र एमाले बिच गठबन्धनको सरकार बनेको बताउनुभएको छ।
पाथीभरामा दिनमा ६ हजार भक्तजन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
दुर्घटनामा एकको मृत्यु, आक्रोशित समूहद्वारा बसमा आगजनी
झापाको कमल गाउँपालिकाको पाडाजुंगी नजिकै भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले गाडीमा आगो लगाइदिएका छन् ।
किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याई (फोटो फिचर)
चाडपर्वको मौसमसँगै यतिबेला ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो छ । जिल्लाकै प्रमुख नगदे बालीको रूपमा रहेको अलैँची पाक्ने समय भएकाले हिजोआज किसानलाई अलैँची थन्क्याउने चटारो परेको हो ।
झापा ११ कञ्चनजङ्घालाई हराउँदै क्वाटर फाइनल प्रवेश
उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पेसालाई आधुनिकीकरण गर्दै कृष्णबहादुर
धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका कृष्णबहादुर विक विदेशबाट फर्केर पुख्र्यौली पेसामा रमाइरहनुभएको छ । विगत दुई वर्षदेखि उहाँले परम्परागत पेसालाई आधुनिकीकरण गरिरहनुभएको छ ।
मोरङका प्रहरी उपरीक्षक केन्द्रीय कार्यालय तानिए
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिनुभएको छ।
बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइन तिहारअघि सञ्चालनमा ल्याउने तयारी
इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् ।
एक महिनामा छ हजारले गरे पाथीभराको दर्शन
दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
'विमल गुरुङ कृति पुरस्कार'का लागि १० कृति सार्वजनिक
'विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ ।
कपास फ्याक्ट्रीमा आगलागी : ४० लाखको क्षति
बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।
माटाको भाँडा बनाउन भ्याईनभ्याई
दसैँ सकिएपछिको दोस्रो पर्व तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा, हरिनगर र बर्जुका पण्डित अर्थात् कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्रीवितरण गर्न भ्याईनभ्याई भएको छ ।
चाडपर्वमा शरणार्थी शिविरमा दुःख धेरै
वरपरका बस्तीमा चाडपर्वमा रमाइलो चलिरहँदा पूर्वी नेपालको झापा र मोरङ जिल्लाका दुई वटा शरणार्थी शिविरमा रहेका शरणार्थीमा भने निराशा छाएको छ।
गौरीगन्जमा भन्सार स्थापना आश्वासनमै सीमित
छोटी भन्सार कार्यालय बन्द भएको पनि वर्षाैं बित्दा पनि यसमा चासो नगएपछि स्थानीय ब्यवसायीहरु आक्रोशित बन्न थालेका हुन् ।
पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना
स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।
सुमोबाट खसेर बालकको मृत्यु
गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।
एक सातादेखि लुक्ला उडान ठप्प
आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटकहरू अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् ।
किशोरीलाई करणी गरेको आरोपमा लिम्बू पक्राउ
ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् ।
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्ख्याैली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।
मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।
अकबरेबाट लोभलाग्दो आम्दानी
घर वरिपरि लटरम्म फलेको अकबरे खुर्सानी । देख्नेलाई टपक्क टिपौँ र खाउँ जस्तो लाग्छ तर अकबरेको पिरो सहन जोकोहीलाई त्यति सहज हुँदैन । हदैसम्मको पिरो हुने अकबरेको गुन भने यो चाख्नेले नै अनुभव गरिरहेका हुन्छन् । त्यसैले यसको बिउको माग अधिक बढेको छ ।
दुर्घटनामा भारतीय नागरिकको मृत्यु
झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परेर एक भारतीय नागरिकको ज्यान गएको छ ।
शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता
यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पुर्याई बुबाको शव परीक्षण गराउनुभयो ।