महिलालाई स्वरोजगार बनाउन च्याउखेती तालिम
रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो ।
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।
पोखरीमा डुबेर एकको मृत्यु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुटधुन पोखरीमा पसेको बेला भोक्राहा नरसिंह गाउँपालिका-८ का ५० वर्षीय मुस्तुफ अन्सारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ ।
बालिका र वृद्धसहित तीनजनाको मृत्यु
मोरङमा खोलाले बगाएर र पोखरीमा डुबेर बिहीबार बालिका र वृद्धसहित ३ जनाको मृत्यु भएको छ ।
विपन्न परिवारलाई घर हस्तान्तरण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा विपन्न पाँच जना दलित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइयो
दसैँको सातौँ दिन महासप्तमीको अवसरमा पाँचथर जिल्लामा रहेका विभिन्न दसैँ घरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ।
पोखरीमा डुबेर बालिकाको मृत्यु
मोरङको रतुवामाई–२ कस्टुचौकको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा–२ का वडासदस्य बघुलाल राजवंशीका अनुसार पोखरीमा नुहाउन जाने क्रममा आनन्दकुमार शर्माकी १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको हो ।
दसैँ लागेसँगै बजार सुनसान
दसैँ सुरु भएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सुनसान हुन थालेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरूका कारण फुङ्लिङ बजार सुनसान बनेको हो।
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
मदन भण्डारी राजमार्गको मोरङ खण्ड निर्माणमा स्थानीय सहयोग आवश्यक
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार मदन भण्डारी राजमार्गको मोरङ खण्डको निरीक्षण गर्नुभएको छ । कतै रुख कटान हुन नसकेर, कतै चौडाइका विषयमा विवाद भएर र कतै मुद्दा परेर राजमार्ग निर्माण
प्रहरी र कैदीको आँखा परीक्षण
विश्व दृष्टि दिवस तथा ६९ औँ प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदी र प्रहरी कर्मचारीको आँखा परीक्षण गरिएको छ ।
कुम्भकर्ण हिमाल आरोहणका क्रममा अमेरिकी नागरिक बेपत्ता
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कुम्भकर्ण (जन्नु) हिमाल आरोहणका क्रममा एक विदेशी (अमेरिका) बेपत्ता हुनुभएको छ।
डाइभर्सन बनेपछि हेवा खोलामा यातायात सुचारु
बाढीले बेलिब्रिज बगाएपछि असोज १२ गतेदेखि आवागमन ठप्प भएको मेची राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि आवागमन सुरु भएको छ ।
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव
किमाथाङ्का (सङ्खुवासभा), असोज २३ गते । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नुभयो ।डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताउनुभयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् । चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ । रासस
कहिले ठडिएला ढलेको सालिक
उर्लाबारी समाचारदाता उर्लाबारी, असोज २३ गते । साँघुरी बारी नि हौ, यो धारा पानी गड्तिर्काे हौ हजुर बालुवा खरो है सुर्ती लेनि बाडुल्की लाग्यो
सशस्त्र प्रहरीद्वारा टिपतालाको निरीक्षण
ताप्लेजुङको ओलाङ्चुङगोलास्थित सशस्त्र प्रहरी बल बीओपी (बोर्डर पोष्ट आउट) को टोलीले टिपतालाको निरीक्षण गरेको छ। बीओपीको टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत नेपालको सिमाना टिपतालाको निरीक्षण गरेको हो।
भन्सार छलेर भित्र्याइएका सामान धमाधम बरामद
चाडपर्वका समयमा सीमावर्ती भारतीय बजार जोगबनीमा सर्वसाधारण उपभोक्ताको भिड बढेको अवस्थाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी हुने गरेको छ ।
सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
‘दिलमायाको चिया दोकान’
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ गीत आइतबार सार्वजनिक गरिएको छ ।
बन्दुक पड्किँदा एकको मृत्यु
तेह्रथुममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका –९ पुरुन्दिन बस्ने २० वर्षीय सन लिम्बुको भरुवा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर गए राित मृत्यु भएको हो ।
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मोरङको रङ्गेलीमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
उर्लाबारीमा भीषण आगलागी
मोरङको उर्लाबारी–९ दुर्गापुरीमा आइतबार राति १२:३० बजे भीषण आगलागी भएको छ ।