• २ माघ २०८१, बुधबार

फोनिज ओखलढुङ्गाको अध्यक्षमा श्रेष्ठ

blog

फोनिज ओखलढुंगाको अध्यक्षमा सर्वसम्मत हुनुभएका रविन श्रेष्ठ ।

शेरबहादुर राई

ओखलढुङ्गा, माघ १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिमा पदाधिकारी सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा मेनुका श्रेष्ठ, सचिवमा तुलसा राई, सहसचिवमा देविका राई र कोषाध्यक्षमा निश्चल राजभण्डारी चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा माया राई, लीलाबहादुर श्रेष्ठ, सारदा राई, विक्रम चेतनशील राई, प्रविण शाक्य र सोनिमा शेर्पा छनौट हुनुभएको छ । सङ्घीय प्रतिनिधिमा बिनुमाया राई र दीपेन्द्र रुम्दाली चयन हुनुभएको छ । प्रादेशिक प्रतिनिधिमा लीलाबहादुर सुनुवार, विक्रम चेतनशील राई, बुङ्वातुङ राई र हविन्द्र राई छनौट हुनुभएको छ । 

केन्द्रीय पूर्व सल्लाहकार सञ्जय सन्तोषी राईको प्रमुख अतिथ्य र फोनिज कोशी प्रदेश प्रतिनिधि ब्रमलाल हजारीको विशेष आतिथ्यमा फोनिज ओखलढुङ्गाको अधिवेशन सम्पन्न भएको हो ।