पाँचथरमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको गौरीगञ्ज गाउँपालिका ३ ठेकी टोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
केबलकार निर्माणको विषयमा ढुङ्गा हानाहान
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर ढुङ्गा हानाहान भएको छ। केबलकार निर्माण पक्ष र विरोध गर्ने पक्षबिच ढुङ्गा हानाहान भएको हो ।
मोरङको ग्रामथान उपनिर्वाचन : कांग्रेस र माओवादीले टुङ्ग्यो उम्मेदवार
मोरङको ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी टुङ्ग्याएको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
सुनसरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । १२ वर्ष अगाडि झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
फेदापलाई भलिबल प्रतियोगिताको उपाधि
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि फेदायप गाउँपालिका तेह«थुमले जितेको छ ।
मृगलाई हानेको गोली लागेर साथीको मृत्यु
खोटाङमा सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ ।
सिरिजङ्गा गोल्ड कप मङ्सिर २३ गतेदेखि हुने
ताप्लेजुङमा आगामी मङ्सिर २३ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा फुटबल प्रतियोगिता र सिरिजङ्गा मेला–२०८१ हुने भएको हो ।
हातमा लालपुर्जा जोतभोग अनिश्चित
लामो प्रतीक्षा र सङ्घर्षपछि सुनसरी दुहबी नगरपालिका–३, भलुवाका खेमनारायण चौधरीले जग्गाको मोहियानी हक प्राप्त गर्नुभयो ।
सरकारले बजेट नदिएपछि २२ घर अग्निपीडितले राहत पाएनन्
सङ्घीय र प्रदेश सरकारले सुनिश्चित गरेको बजेट नपठाएपछि मोरङको रङ्गेली –३ स्थित बाबुसाहेब टोलका अग्निपीडित २२ घरपरिवार अझै छाप्रो मुनि बसिरहेका छन् ।
तीन अर्ब लगानीमा टायल उद्योग, चार सयलाई रोजगारी
अरिहन्त ग्रुपले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत सुनसरीस्थित सोनापुरमा टायल उद्योग स्थापना गरेर उत्पादन बजारमा ल्याएको छ ।
धरानमा छठ पर्वको रौनक
धरानमा छठ पुजाको लागि खोला किनारमा भक्तजनको भिड लागेको छ। धरान उपमहानगरपालिकाको वडा नम्बर १३ को सर्दु खोला र १५ मा रहेको सेउती खोलामा अस्ताउदो सूर्यलाई अर्घ दिन खोलामा भक्तजनको भिड लागेको छ।
फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार शुक्रबारदेखि साप्ताहिक बन्द हुने भएको छ । दसैँ र तिहार पर्वको समयमा खुला गरिएको फुङ्लिङ बजार अब प्रत्येक शुक्रबार बन्द हुने भएको हो ।
खोला तर्न बाँसको कच्ची पुल
हुलाकी राजमार्गअन्तर्गत कन्काई खोलामा वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएको छ ।
एमाले इलामको जिल्ला प्रतिनिधि छनोट
आगामी कात्तिक २९ र ३० गते ११ औँ जिल्ला अधिवेशनका लागि नेकपा (एमाले) इलामले प्रतिनिधि छनौट सम्पन्न गरेको छ ।
मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।
घरमा आगलागी हुँदा घाइते राईको मृत्यु
घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते हुनु भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ ।
अलैँची मनको नब्बे हजार, लाख नाघ्ने अनुमान
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ ।
छयसट्ठी वर्षअघि नेपालमा चल्थ्यो ढुङ्गेरेल
यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो ।
संरक्षणको पखाईमा राजा ताल
चौबिसे गाउँपालिका धनकुटाको राजारानीमा रहेको रानी ताल यस क्षेत्रको प्रमुख गन्तब्य हो । गाउँपालिकाको वडा ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिव एकसय ५० रोपनी क्षेत्रफलको यो ताल पर्यटकको गन्तव्य बनेको छ ।
सुदूरपश्चिमलाई यु–१९ क्रिकेट उपाधि
नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
३४५ महिलालाई तिहारमा निःशुल्क यातायात सेवा
खोटाङमा युवाहरूको समूहले तिहारमा माइती जाने महिलालाई निःशुल्क यातायात सेवा दिएका छन् ।
खोलामा अवैध ढङ्गले माछा मार्ने बढे
पछिल्लो समय इलामका ठुला खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रम बढेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पूवा लगायतका खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरेको स्थानीयले बताएका छन् ।