• ९ माघ २०८१, बुधबार

फोनिज कोशी प्रदेश अध्यक्षमा लावती निर्वाचित

blog

नव निर्वाचित फोनिजका प्रदेश अध्यक्ष विजयबोध लावतीलाई बैठक पुस्तिका हस्तान्तरण गर्नुहुँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कोशी प्रदेश समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित हुनुभएको छ। तेस्रो प्रादेशिक महाधिवेशनमार्फत लावती निर्विरोध निर्वाचित हुनुभएको हो । 

पाँचथरको सदरमुकाम फिदिममा सोमबार सम्पन्न फोनिजको महाधिवेशनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमिति उपाध्यक्षमा खनेन्द्रकुमार राई, महिला उपाध्यक्षमा सुप्रिया राई र महासचिवमा लीलाबहादुर सुनुवार चयन हुनुभएको छ । यस्तै संस्थागत सचिवमा दिलबहादुर राई, सङ्गठन सचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सन्दिप याम्फु राई चयन हुनुभएको छ ।

खुला सदस्यहरू अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो लिम्बू र मौसम सम्बाहाम्फे चयन हुनुभएको छ । महिला सदस्यमा रमिला दनुवार, निशा राई र मेनुका बम्जन, संस्थागत सदस्यमा अमित तामाङ, जयराम पुर्बाछाने मगर, श्रवण चौधरी र निश्चल राजभण्डारी तथा अल्पसङ्ख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन हुनुभएको छ ।

त्यस्तै लेखा समिति संयोजकमा प्रेम देवान (लुङ्वा) र अनुशासन समिति संयोजकमा ब्रह्मलाल हजारी चयन हुनुभएको निर्वाचन समिति संयोजक दिपीन राईले जानकारी दिनुभयो । शनिबार उद्घाटन भएको फोनिजको प्रदेश महाधिवेशनमा निकै रस्साकसीका साथ अन्तिममा आएर कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

कोशी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कमलप्रसाद जबेगुले महाधिवेशनको उद्घाटन उद्घाटन गर्नभएको थियो । कार्यक्रममा फोनिजको सङ्घीय अध्यक्ष गजुरधन राई, सचिवद्वय विश्वराज तामाङ, यमन दनुवार, लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।