ब्याजदर घट्दा पुराना ऋणीलाई हर्ष न बिस्मात
कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ ।
कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि
ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो।
उपनिर्वाचन : मोरङको ग्रामथानमा निर्वाचन कार्यालय स्थापना
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मोरङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो ।
धनकुटाका आठपहरियाको मङ्सिरे चाडको रौनक
धनकुटा जिल्लाको धनकुटा नगरपालिकाभित्र मात्र पाइने अल्पसङ्ख्यक तथा सिमान्तकृत आठपहरीया जातीको वाढाङ्मेट (मंसिरे चाड) को रौनक सुरु भएको छ।
सात बुँदे सहमतिको स्पिरिटअनुसार संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
बालबालिकालाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति
सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझोराले आफ्नो वडाका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ ।
एमाले अध्यक्षमा बराल र भट्टराई भिड्दै
बिहीबारदेखि सुरु भएको नेकपा (एमाले) इलामको ११औं अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
धनकुटामा आज स्थानीय बिदा
धनकुटाको धनकुटा नगरपालिकाभित्र आज सार्वजनिक बिदा दिएको छ । अल्पसङ्ख्यक तथा सीमान्तकृत आठपहरिया जातीको वाडाङ्मेट चाडको अवसरमा धनकुटा नगरपालिकाले आज (शुक्रवार) स्थानीय बिदा दिएको हो ।
च्याउबाट वार्षिक ३० लाख कमाई गर्दै देवेन्द्र
मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाई गर्दै आउनुभएको छ ।
अवैध उत्खनन गर्ने नौ ट्याक्टर नियन्त्रणमा
झापाको बिरिङ खोलामा अवैध रूपमा खोलाजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा बिहीबार दिउसो ९ वटा ट्याक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहको निर्देशनविपरीत घुमुवा प्रहरी
गृह मन्त्रालय र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशनविपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने व्रmम पूर्वी नेपालमा चलिरहेको छ । विशेष गरी भारतीय सीमावर्ती नाका
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
उदयपुरमा दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुईदलीय संयन्त्र विस्तार
सरकारको कामलाई प्रभावकारी बनाउन सत्ता समीकरणका दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिच गठन भएको राजनीतिक संयन्त्र कोशी प्रदेशमा पनि विस्तार गरिएको छ । दुई दलका प्रमुख नेताहरू सहभागी रहने गरी प्रदेशस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको हो ।
दन्त शिविरबाट पाँचसय बढी लाभान्वित
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित दन्त तथा मुखसम्बन्धी स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित भएका छन् । बिहीबार सम्पन्न चार दिने निःशुल्क उक्त शिविरबाट सो सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
छुर्पीको गुणस्तर मापदण्ड मन्त्रीपरिषद्मा पेस गरिने
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकले छुर्पीको अनिवार्य गुणस्तरको मापदण्डमा तयार गरी कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रीपरिषद्मा पेस गर्ने निर्णय गरेको छ ।
चियाको निर्यातमा उछाल
अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ ।
पाँचथरको आम्दानीको स्रोत स्थानीय छुर्पी
पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापूको मगरडाँडाका राजेन्द्र खालिङ राईको दुग्ध डेरीमा सुकाइएको छुर्पी । उक्त छुर्पी भरियालाई बोकाएर सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ ।
‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनुभएको छ ।
सरकारी जग्गा अतिक्रमण गरी बनेको फनपार्क बन्द
इलामको माई नगरपालिका–२ मा सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।
बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी
यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ ।
अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य
पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
सुनसरीमा उपनिर्वाचनको सरगर्मी बढ्दै
सुनसरीको गढी गाउँपालिका ६ मा मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
एमाले इलामको ११ औँ जिल्ला अधिवेशन सुरु
नेकपा एमाले इलामको ११ औँ जिल्ला अधिवेशन आज इलाम सदरमुकाममा हुँदै छ । सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा दिउसो १२ बजे सुरु हुने अधिवेशनको एमाले पाटी उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो ।
डाँडैभरि पुनर्भरण पोखरी
धनकुटा नगरपालिका–१, हिलेस्थित श्री नम्बर दुई वाहिनी अड्डा र होराइजन होटेलको बिचमा डाँडैभरि साना साना खाडल बनाइएको छ । यहाँ एक हजारभन्दा बढी त्यस्ता खाडल रहेका छन् ।