सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याई
सुनसरीमा सरस्वती पूजाका लागि एक हजार बढी मूर्तिको कारोबार भएको छ ।
परीक्षा केन्द्र गाभ्ने निर्णयप्रति महासङ्घको आपत्ति
दुर्गम हिमाली जिल्लालाई असर पर्ने गरी सरकारले माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र गाभ्ने निर्णय गरेसँगै शिक्षक महासंघ सोलुखुम्बु लगायत सम्बद्ध संघ सङ्गठनहरूले आपत्ति जनाएका छन् ।
विद्यार्थीलाई निःशुल्क चित्रकला शिक्षा
तीन महिनासम्म विद्यार्थीलाई निःशुल्क चित्र बनाउन सिकाउन आउनुभएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गर्नुभएको हो ।
आन्तरिक पर्यटकको केन्द्र भन्दै बेतना सिमसार
हिउँद सुरु भएसँगै मोरङका सीमसार क्षेत्र भरिभराउ हुन थालेका छन् । खासगरी मोरङको बेतना सिमसारमा पछिल्लो समय बिदाको दिन र शनिबार आन्तरिक पर्यटकले भरिने गरेको छ । सिमसार क्षेत्रमा बनभोज खान पुग्ने मात्र होइन, सङ्घसंस्थाको साधारणसभा, गोष्ठी र सेमिनार पनि सिमसार क्षेत्रमा हुने गरेको छ ।
हराउँदै ढिकीजाँतोको प्रचलन
गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो ।
बुढासुब्बा गोल्डकप : चर्च बोइज युनाइटेड सेमिफाइनलमा
२५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ ।
सञ्चार माध्यम समृद्धिको आधार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धि र परिवर्तनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका विविध सङ्घर्ष र बलिदानलाई संस्थागत गर्ने कार्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनको महìवपूर्ण योगदान रहेको बताउनुभएको छ ।
थालियो कफीको व्यावसायिक खेती
मोरङको लेटाङ–७, वारङ्गीका राजविक्रम राई चार वर्षयता कफीको व्यावसायिक खेतीमा लाग्नुभएको छ । उत्तरी मोरङको साबिक वारङ्गीका धेरै जसो मानिस बसाइँ सरेर लेटाङ झरिसके । कोही ठुला
बन्दका कारण पूर्वको जनजीवन प्रभावित
ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलिय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कानेपोखरीमा डुबेर एक जनाको मृत्यु
मोरङको कानेपोखरी ७ मा अस्थायी बसोवास गर्दै आउनु भएका ४६ वर्षीय कुलबहादुर गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो कानेपोखरी ७ को कानेपोखरीमा गिरीको पोखरीमा डुबेर मृत्युु भएको हो ।
माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा
समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् ।
‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ’
झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आउनुभएको छ ।
कुटपिटबाट कमलमा एक जनाको मृत्यु
कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
थुम्बेदिनले जित्यो मुन्धुङ्गे कप भलिबल उपाधि
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङमा सम्पन्न पाँचौं मुन्धुङ्गे कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले जितेको छ।
शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्दै फक्ताङ्लुङ
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्न सुरु गरेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने योजनासहित गाउँपालिकाले गुणस्तर खस्किनुको मुख्य कारण खोजी गर्न सुरु गरेकोे हो।
सात हजार बढीलाई क्यान्सर विरुद्धको खोप लगाइने
ओखलढुङ्गाका सात हजारभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
आगलागी हुँदा सात लाख बढी क्षति
पाँचथरको फालेलुङ गाउँपालिका ४ महभीरमा आगलागी हुँदा डेरी उद्योगमा क्षति भएको छ ।
टिप्ताला भन्ज्याङमा पहिलो पटक मोटरसाइकल
समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भन्ज्याङमा पहिलो पटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ ।
झापामा छ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला
झापामा छ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
खोटाङबाट दुई बेसहारा महिलाको उद्धार
खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरिएको छ । आफन्त कोही नभएपछि जिल्ला अस्पताल खोटाङमा अलपत्र पर्नुभएका ७२ वर्षीया टिकामाया सार्की र मानसिक रुपमा विक्षिप्त ५१ वर्षीया मनमाया फुँयलको उद्धार गरिएको हो ।
फिदिममा भेटिएको बेवारिसे शव झापाका सिटौलाको
फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ । शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ ।
महिनौँसम्म बनेन सिसी क्यामरा
वराहक्षेत्र नगर क्षेत्रको बजारका मुख्य चोकमा निगरानी गर्नका लागि जडान गरिएका सिसी क्यामरा बिग्रिएको महिनौँसम्म पनि मर्मत नहुँदा सुरक्षा व्यवस्थामा कठिनाइ भएको छ ।
‘टोल विकास संस्थासँग नगरप्रमुख’ कार्यक्रम
इलामको सूर्योदय नगरपालिका असल अभ्यासका कारण देशभर चर्चामा छ । नगरका असल अभ्यास हेर्न र सिक्नका लागि अहिले दैनिक देशका कुनै न कुनै पालिकाका जनप्रतिनिधि आएकै हुन्छन् ।