‘एसियन हाइवे’ निर्माणले गति लिँदै
मोरङ, माघ २५ गते । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ । यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो ।नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उहाँ बताउनुहुन्छ । एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताउनुभयो । पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताउनुभयो । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको र बाँकी बन्ने क्रममा रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार माटो पुर्ने काम ३५ प्रतिशत सकिएको छ । हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको प्रजापतिको भनाइ छ ।तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।
ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको काबेली-३ जलविद्युत आयोजना र हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित १२ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने अन्तिम तयारीमा पुगेको हो ।
पाँचथरमा गाउँपालिका उपाध्यक्ष र पत्रकारमाथि कुटपिट
पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का र पाँचथर एफएमका स्टेसन म्यानेजर कुमार खड्कामाथि कुटपिट भएको छ।बुधबार साँझ उपाध्यक्ष र पत्रकारमाथि यासोक बजारको एक होटलभित्र कुटपिट भएको हो ।
बुढासुब्बा गोल्डकप : साविक विजेता एनआरटी फाइनलमा
साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
खोटाङमा मिनी महोत्सव हुने
खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ ।
कोशी प्रदेश आमसञ्चार विधेयक दर्ता
कोशी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी कानुन प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।
देवानगञ्जबाट गाँजा बरामद
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित भारतीय स्कोरपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय वन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरूले पालुवा फेर्नै पाउन छोडेका छन् ।बनसँग आश्रित भएर बाख्रा पाल्ने किसानले घाँस प्रजातिका वनस्पतिले पालुवा फेर्ने बित्तिकै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ पाक्न छोडेको छ । बीउ पाक्न नपाएपछि नयाँ बिरुवा समेत उम्रिन छोडेका छन् ।
नेपाल-चीन सीमास्तम्भ
ताप्लेजुङ, माघ २४ गते । समुद्र सतहदेखि ५ हजार १०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङमा रहेको नेपाल-चीन सीमास्तम्भ । तस्बिरः रासस
धातुको सामग्री बनाउँदै कालिगड
भोजपुर, माघ २४ गते । भोजपुरको टक्सारमा धातुको सामग्री बनाउँदै कालिगड । यहाँ निर्माण भएका धातुका सामग्रीकाे देश, विदेशमा समेत माग छ । पछिल्लो समय बजारमा कालिगडको अभाव रहेको व्यवसायी बताउँछन् । तस्बिरः रासस
न रेल गुड्यो न जग्गाको रोक्का फुक्यो
सरकारले २०७६ सालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न जग्गा रोक्का गर्दा मोरङको कानेपोखरी–७, आइतबारेका ५६ वर्षीय कमलप्रसाद पौडेल हर्षले गदगद हुनुभयो । जग्गा रोक्का भए पनि उहाँले चाँडै उचित मुआब्जा पाइन्छ र अन्यत्र घरजग्गाको प्रबन्ध गर्न सकिने सपना बुन्नुभयो ।
प्रदेशस्तरीय चेस प्रतियोगिता
विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ ।
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा
जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
भोजपुर, माघ २४ गते । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस व्यवसायमा परेको छ । रोजगारी र पढाइका लागि युवाहरू विदेश जाने क्रम बढेको बताउँदै आरन उद्योगी घनश्याम विश्वकर्माले भन्नुभयो, “युवा पलायन र कच्चापदार्थको अभावका कारण पनि खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ ।”जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिएको छ । कालिगड र वनपैदावर कच्चापदार्थ अभावमा यी क्षेत्रका उद्योगहरूसमेत बन्द हुने अवस्थामा पुगेका छन् । राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ । रञ्जिता खुकुरी उद्योगका सञ्चालक दिनेश गजमेर भन्नुहुन्छ, “हाल भनेजस्तो दक्ष कालिगड भेटिँदैनन्, काठको त्यस्ते अभाव छ । यसकारण उत्पादन खट्दो छ, माग धान्न सकिएको छैन । कालिगड अभावका कारण महँगो ज्याला दिएर काम गराउनुपर्ने अवस्था छ ।” भोजपुरे खुकुरी प्रयोग गर्न, सजाउन र कर्मचारीको स्वागतदेखि बिदाइमा समेत बिक्री हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरा श्रेष्ठले बताउनुभयो । भोजपुरमा सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुनालगायतका खुकुरी बनाइन्छ । “यहाँ १९६५ सालदेखि नै खुकुरी उत्पादन सुरु गरिएको बताइन्छ । विसं २०२७ तिर तत्कालीन राजा महेन्द्र जिल्ला भ्रमणमा आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उपहारस्वरूप उहाँलाई खुकुरी दिएको र राजा बक्सिससहित यसको प्रचार भएपछि यहाँको खुकुरी लोकप्रिय हो”, उहाँले भन्नुभयो । स्थानीय बजारमा प्रतिगोटा खुकुरीको मूल्य रु ८०० देखि रु एक हजार ८०० सम्म पर्ने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गरेको छ । यहाँको खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौँ हुँदै बाहिरी मुुलुकहरूमा समेत चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गरेको छ । यसको संरक्षणका लागि सरकारी तवरबाटै पहल गरिनुपर्ने यहाँका व्यवसायीको माग छ ।
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि कारबाही
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ ।
‘नो केबलकार’ पक्षधर तीन जना रिहा
प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ रिहा भएका हुन् ।
भुटानलाई हराउँदै चर्च ब्वाइज फाइनलमा
चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
खुम्बु जोड्ने पक्की पुल निर्माण
सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुलाई स्थलमार्गबाट जोड्ने पुल तयार भएको छ ।
चौध वर्षमा पनि बनेन लम्सुवाघाट पुल
उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिव रु। चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो ।
प्रेस चौतारी ताप्लेजुङ अध्यक्षमा पुनः पालुङ्वा चयन
प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङ्वा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको २७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार सम्पन्न प्रेस चौतारी ताप्लेजुङको छैठौँ जिल्ला अधिवेशनले पालुङ्वाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रसव व्यथाले चापेकी जोगीको बिचल्ली
ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको ‘नो केबुलकार’ समूहले आह्वान गरेको आमहड्तालको पहिलो दिन मङ्गलबार मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्व गरिएको छ ।
प्रेस चौतारी नेपाल पाँचथरको अध्यक्षमा थापा
प्रेस चौतारी नेपाल जिल्ला शाखा पाँचथरको अध्यक्षमा मदन थापा चयन हुनुभएको छ । मङ्गलबार राति सम्पन्न शाखाको २७ औं स्थपना दिवस तथा सातौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा चयन हुनुभएको हो ।
पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।
गोली चलाएर दुई भारतीय लागु औषध कारोबारी पक्राउ
कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।