चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १५ गते । ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्धसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार करणी आरोपमा ६७ वर्षीय वृद्ध र ३२ वर्षीय युवक परेका हुन् ।
मोबाइल किनिदिने प्रलोभनमा पारी वृद्धले बालिकालाई आइतबार जबरजस्ती करणी गरेको आरोप छ । यस्तै, युवकले गत बैशाख १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शर्माका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।