• ७ वैशाख २०८२, आइतबार

सुनसरीमा मिलाप कार्यक्रममार्फत घरेलु हिंसा कम गर्ने प्रयास

blog

सुनसरीको इटहरीमा सम्भव र ओरेकले गरेको सामुदायिक सल्लाहकार समितिको गठन तथा पहिलो बैठकका सहभागीहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, माघ १५ गते ।
सुनसरीमा बढ्दो घरेलु हिंसा न्यूनीकरणका लागि मिलाप कार्यक्रम ल्याएको महिला पुनःस्थापना केन्द्र ओरेकले जनाएको छ । मिलाप कार्यक्रम मार्फत घरेलु हिंसा कम गर्ने प्रयास थालेको आरेकका शोभा बजगाईले जनाकारी दिनुभयो ।

सुनसरीको इटहरीमा सामुदायिक सल्लाहकार समितिको गठन तथा पहिलो बैठकमा उहाँले सम्भव परियोजना र ओरेकको सहकार्यमा सुनसरीमा पारिवारिक सहयोग, माया र छलफारद्वारा आपसी सम्बन्ध सुदृढ गर्ने कार्यक्रम मिलाप कार्यक्रम ल्याएको बताउनुभयो ।

मिलाप र त्यसको प्रभावकारितासम्बन्धी अध्ययन गर्ने तथा सहि तरिकाले दिशा निर्देशन गर्नका लागि सम्भव तथा ओरेकले कार्यक्रम ल्याएको जानकारी दिनुभयो । त्ययसका लागि दुहवी नगरउपप्रमुख मेनुका पोखरेल खतिवडाको अध्यक्षतामा सामुदायिक सल्लाहकार समितिको गठन र पहिलो बैठक सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, इन्सेकका जयकृष्ण यादव, महिला मानव अधिकार रक्षक सञ्जलका सहजादी प्रविण, सरस्वती लुइटेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका हबलदार मेनुका राई, सम्भवका शुभम शर्मा, ओेरेककी सुमित्रा पौडल, डा. साबित्री सापकोटासहितको उपस्थिति रहेको थियो ।