• १४ माघ २०८१, सोमबार

दुई सय मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

blog

सुनसरी जिल्ला अस्पतालमा आयोजना गरेको बृहत् आँखा शिविरमा शल्यक्रियाका लागि बसेका सेवाग्राहीहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ १२ गते । सुनसरीको जिल्ला अस्पताल इनरुवामा दुई दिवसिय बृहत आँखा शिविर सुरु भएको छ । शिविर सुरु भएको पहिलो दिनमै दुई सय मोतिविन्दुका बिरामीको आखाँको निःशुल्क शल्यक्रिया गरिएको छ ।  

इनर ह्वील क्लब अफ पाटनको आयोजनामा सुरु भएको बृहत् आँखा शिविरमा आएकाहरूको निशुल्क शल्यक्रिया गरिएको हो । माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा आँखा जाँच गर्न आउने सबै बिरामीको परीक्षण गरी आवश्यक औषधी उपचार सेवा समेत निःशुल्क दिएको जनाएको छ ।

शिविर उद्घाटन कार्यक्रममा जानकारी गराउँदै डी.एन.ग्रुप अफ कम्पनीजले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यकासाथ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरेको र पहिलो दिन दुई सयको आँखा शल्यक्रिया गरिएको बताउनुभयो । बढीभन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ उठाउन सकुन भनेर एक साता अघिबाटै प्रचारप्रसार गरेकोले पहिलो दिनमै दुई सय मोतिविन्दुको बिरामीको आखाँको निःशुल्क शल्यक्रिया गरिएको बताउनुभयो । 

यसअघि गरीब तथा विपन्न परिवारको हकमा सहायता प्याकेज उपलब्ध गराउँदै आएको डी.एन.ग्रुपले यस पटक भने आम सर्वसाधारण लक्षित गरी सुनसरी जिल्ला अस्पतालमै बृहत् आँखा शिविरको आयोजना गरेको जनाएको छ । सुनसरी जग्गा तथा आवास विकास सङ्घ समेतको संयोजनमा सञ्चालन गरेको र शल्यक्रिया कोशी आँखा अस्पतालमा गरिएकाे छ ।