भालुले हैरान पार्यो हिमाली भेगका किसानलाई
सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी स–साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरूको बाध्यता बनेको छ। मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो।
साकेला नृत्य गर्दै
किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा शुक्रबार प्रदेश सभा सचिवालय विराटनगर अघिल्तिर प्रदेश नं १ को नामको अगाडि वा पछाडि ‘किरात’ हुनेपर्ने माग राख्दै आयोजित कार्यक्रममा आफ्नो भेषभूषामा सजिएर साकेला नृत्य गर्दै किरात युवती । तस्बिर : मनोज दाहाल/रासस
कुटपिट गरी श्रीमतीको हत्या
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
पाँच करोड ३९ लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा
विराटनगर –१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपारी रि–रुट गर्ने क्रममा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा ना ७ त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका सोनाम राई घाइते भएका हुन् ।
प्रदेश नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै
प्रदेश १ को नामकरणका लागि आज शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका बिचमा सर्वदलीय छलफल हुँदैछ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल आव्हान भएको हो ।
सुपारी बोकेका आठ वटा ट्रक प्रहरीको नियन्त्रणमा
विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट प्रहरीले सुपारी लोड भएका आठवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।
भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
भारतीय ट्रकको ठक्करबाट शुक्रबार बिहान मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु भएको छ ।
अहेबको भरमा पालिका
सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा सङ्घीय सरकार मातहतका कर्मचारी नहुँदा स्वास्थ्यकर्मी (अहेब)ले पालिका धान्नु परेको छ। प्रमुख प्रशासकीय अधिकृत सङ्घअन्तर्गतको अधिकृत हुनुपर्ने भए पनि कर्मचारी नआउँदा स्वास्थ्यकर्मीले पालिका सञ्चालन गर्नुपरेको हो।