सामुदायिक वन महासङ्घद्वारा जनप्रतिनिधिलाई सम्मान
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङले स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला महासङ्घले सामुदायिक वन क्षेत्रमा क्रियाशील रही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विभिन्न पदमा निर्वाचित हुने जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
वर्षाका कारण झापामा विद्यालयहरु बन्द
झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।
राजमार्ग अवरुद्ध
लगातार परेको वर्षासँगै स्थानीय खोलामा आएको बाढीका कारण मङ्गलबार अपरान्हदेखि मदन भण्डारी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना भनिएको उक्त राजमार्गअन्तर्गतका दर्जनौं खोलामा पुल निर्माण नहुँदा सवारी आवागमन अवरुद्ध भएको हो ।
रौतहटको गौर र आसपास क्षेत्र जोखिममा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागको आग्रह
पछिल्लो ६ घण्टामा अविरल परेको बर्षाका कारण रौतहटको गौर र आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपरानउन आग्रह गरेको छ ।
डुवानमा परेकालाई सशस्त्र प्रहरीको उद्धार
अविरल बर्षाका कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८ घरका करिव ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु
मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन्।
बेपत्ता दुई विदेशी पर्यटक खोजीमा असहजता, मौसमले साथ दिएन
सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिना भन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियाली नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन रहेका छन् ।
मोरङ जताततै जलमग्न
सोमबार रातिदेखि परेको अबिरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले पूर्वी मोरङका धेरै जसो गाउँ/सहर जलमग्न भएका छन्।
बाढीले मोरङका नौ पालिका प्रभावित : अस्पतालको आकस्मिक कक्ष जलमग्न
नवराज कट्टेलविराटनगर, असार १४ गते। बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधीन पुल भत्किएको छ। बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो। स्थानीय यज्ञ कटवालका अनुसार दश वर्षदेखि निर्माणाधीन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन्। मङ्गलबार बिहानदेखि परिरहेको पानीका कारण मोरङका नौ स्थानीय तह प्रभावित बनेका छन्। विराटनगर महानगरपालिका-८ का २५ घरपरिवार विस्थापित भएका छन्। सम्भावित जोखिममा रहेका ९५ परिवारलाई त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ। यसैगरी घिनाघाट-विराटचौक सडक अन्तर्गत ग्रामथानको खुनियाकट्टामा सडक अवरोध भएको छ। त्यहाँ डाइभर्सनमार्फत बाटो खुलाउने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। कानेपोखरी-६ मा भलुवा खोलाको बाढी पसेर तेजबहादुर दर्जीको घरमा क्षति पुगेको छ। सुनवर्षी नगरपालिका-६ मा बक्राहा खोलाले बाँध कटान गर्न थालेपछि अहिले रोकथामको प्रयास भइरहेको छ। खोला बस्तीमा पस्ने जोखिम बढेपछि सुरक्षा निकाय परिचालन गरिएको छ। मोरङको बुढीगङ्गा गाउँपालिका-२ मा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक कक्षामा पानी पस्दा सेवा अवरुद्ध भएको छ। यसैगरी बुढीगङ्गा गाउँपालिका-२ को खाप टोलका २६ घरमा सिंघिया खोलाको बाढी पसेपछि ११५ जनालाई वडा कार्यालयको भवनमा स्थानान्तरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। कटहरी गाउँपालिका-१ टाइगरटोलमा सिंघियाको बाढी पस्दा ६० घरपरिवारका २५० जनालाई स्थानान्तरण गरिएको छ।