ताप्लेजुङमा वडाध्यक्षमा महिला शून्य
ताप्लेजुङमा यसपटक वडाध्यक्षमा महिला शून्य भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी अत्यन्तै न्यून भएपछि कोही पनि निर्वाचित नभएकाले महिला शून्य भएका हुन् ।
झापामा एमालेलाई जिल्ला समन्वय समिति बनाउन सुविधाजनक बहुमत
लीलाराज खड्का बिर्तामोड, जेठ १० गते । झापामा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमालेलाई बहुमत जुटेको छ । कुल १५ पालिका रहेको झापा जिल्लामा पालिका प्रमुख र उपप्रमुख गरी ३० मत भार रहेकोमा झापामा यसपटक एक्लै १७ जना पालिका प्रमुख र उपप्रमुख जित्दै बहुमतसहित झापामा एमाले पहिलो दल बनेको छ । १६ मत ल्याउँदा झापामा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र समन्वय समिति गठन गर्न सक्छ । झापामा एमालेपछि नेपाली कांग्रेसले कुल ९ पदमा विजयी हुँदै दोस्रो र कुल ४ पदमा विजयी हुँदै झापामा राप्रपा तेस्रो ठूलो दल बनेको छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेले कुल १९ पदमा विजयी हुँदै पहिलो दल बनेर एकलौटी रुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो । यसपटक नेकपा एमालेले शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका गरी ६ वटा पालिकामा पालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेले विजयी हुँदा कनकाई नगरपालिकामा नगरप्रमुखमा विजयी भएको छ । यता, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसले झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी हुँदा, बुद्धशान्ति गाउँपालिका,भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा पालिका प्रमुख र कनकाई नगरपालिका, दमक नगरपालिकाममा पालिका उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ । राप्रपाले भने झापामा हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपप्रमुख दुबैमा जित निकालेको छ । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर हो । राप्रपाले दमक नगरपालिकामा कांग्रेस, माओवादीसहितको गठबन्धनबाट नगरप्रमुख जितेको छ । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यसबाहेक राप्रपाले भद्रपुर नगरपालिकामा नगर उपप्रमुखमा जितेको छ । झापामा कुल १६१ वडामध्ये एमालेले ६१ वडा जित्दा, नेपाली कांग्रेसले ५१ वटा वार्ड माओवादी केन्द्र र राप्रपाले समान ७÷७ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ वटा वडा र स्वतन्त्रले ४ वटा वडामा विजयी भएको छ ।
झापामा नवनिर्वाचित जनप्रतिनिधिका विभिन्न निर्णय सार्वजनिक
विष्णुप्रसाद पोखरेलदमक, जेठ १० गते । झापामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्न शुरु गरेपछिको पहिलो निर्णय सार्वजनिक गर्न थाल्नुभएको छ । विशेष गरेर नगर प्रमुख र उपप्रमुखले आफ्नो सोचलाई पहिलो निर्णयको रुपमा अघि सार्नुभएको पाइएको छ ।झापाको अर्जुनधारा नगरपालिकाका बलदेव गोम्देनले विपन्न परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाइदिने बताउनुभएको छ । आफ्नो कार्यकालमा अति विपन्न घरवारविहीन एक हजार परिवारले घर पाउनेछन्, उहाँले भन्नुभयो । वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।भद्रपुर नगरपालिकाले दीर्घरोगले थलिएका बिरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई दोब्बर बनाउने नगरप्रमुख गणेश पोखरेलले बताउनुभएको छ । यो निर्णयमा उहाँले हस्ताक्षर पनि गर्नुभएको छ । यसअघि दीर्घरोग लागेका बिरामीलाई पाँच हजार रुपियाँ यातायात खर्च दिँदै आएकोमा यसलाई बढाएर १० हजार बनाइएको छ, पोखरेलले भन्नुभयो । यहाँ रहेका आदिवासी सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने पनि उहाँले जनाउनुभएको छ । यता, हल्दीबारी गाउँपालिकाले गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ । अध्यक्ष रवीन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय सुनाउनुभएको हो । गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने र वर्षाको समयमा कसैले पनि यातायातको झमेला बेहोर्नुपर्ने अवस्था आउने नदिने पनि उहाँले बताउनुभयो ।बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार निम्नवर्गका जनताको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने र ५ वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय भएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउन उत्पादन वृद्धिका लागि सिँचाइको व्यवस्था गरिने निर्णय भएको बताउनुभयो ।दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क रुपमा सुगर जाँचको व्यवस्था गर्ने पहिलो निर्णय गरेको छ । अब स्वास्थ्य केन्द्रहरुमा निःशुल्क रुपमा नगरवासीहरुले स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । दमक नगरपालिका प्रमुख राम थापाका अनुसार सुकुम्बासी बस्तीको एक सडकलाई लकिङ टायल लगाउने योजनामा पहिलो हस्ताक्षर भएको छ ।
त्रियुगा नगरपालिकामा मतगणना सुरु
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना मङ्गलबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा सुरु भएको छ ।
वैशाख महिनामा ११ जनाले गरे आत्महत्या
जिल्लामा रहेका सात स्थानीय तहमा एक महिनामा ११ जनाले आत्महत्या गरेका छन् । २०७९ वैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यल धनकुटाले जनाएको छ ।
गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा
धनकुटा जिल्लामा सात स्थानीय तह छन् । जसमध्येको एक स्थानीय तह महालक्ष्मी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुखका रुपमा धु्रब रायले आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
सुनसरीमा कांग्रेस पहिलो
१२ वटा स्थानीय तह रहेको सुनसरीमा सातवटा प्रमुख जितेर नेपाली कांग्रेस पहिलो बनेको छ । दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका रहेको सुनसरीमा कांग्रेसले छवटा तहमा उपप्रमुखसमेत जितेको छ । यता दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले तीन पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ ।
पदभार ग्रहणसँगै विराटनगर महानगरमा दुई निर्णय
विराटनगर महानगरपालिकामा निर्वाचित प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरौला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार शपथग्रहण लगतै महानगरपालिका प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेको दिन महानगरपालिकाका प्रमुख र उपप्रमुखले दुईवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रमुख कोइरालाले महानगरपालिकामा करको दायरा बढाउने र दरलाई घटाउने निर्णय गर्नुभएको छ । यसैगरी उपमेयर कार्कीले महानगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
झापाको मेचीनगरमा एमाले विजयी
झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेका उम्मेद्वारहरु विजयी हुनु भएको छ ।