सल्लेरीमै बायोमेट्रिक कर दर्ता सेवा पाएपछि व्यवसायी हर्षित
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा पाएपछि सोलुखुम्बुका व्यवसायी हर्षित भएका छन् । लामो समयदेखि सल्लेरीमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी नीरकुमार श्रेष्ठले भन्नुभयो, ‘अर्को जिल्लामा गएर दर्ता गर्नुपर्दा समय र खर्च धेरै लाग्थ्यो, आफ्नै ठाउँमा यो सेवा पाउँदा हामीलाई धेरै राहत मिलेको छ । धेरै व्यवसायी मन भएर पनि ओखलढुङ्गा गएर दर्ता गर्न सकिरहेका थिएनन् तर सल्लेरीमा नै सेवा आउँदा सबैलाई सहज भयो ।’
प्राथमिकतामा कृषि र पूर्वाधार विकास
प्रदेश सरकार बजेट ल्याउने अन्तिम तयारीमा छन् । सातै प्रदेश सरकारले असार १ गते बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने तयारी रहेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ (२) मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । २०७४ सालमा निर्वाचित प्रदेश सभाका सदस्यको कार्यकालको यो अन्तिम वर्ष हो र ती जनप्रतिनिधिबाट बनेको प्रदेश सरकारको अन्तिम बजेट हो ।
नौ दिनदेखि लुक्लामा उडान ठप्प
सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा नौ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो ।
माछामासुनै नखाने र पशुपंक्षी नपाल्ने जनजातिको गाउँ
प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उहाँहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ ।
माथिल्लो तमोरबाट उत्पादन हुने बिजुली २२० केभीमा जडान गरिने
ताप्लेजुङस्थित माथिल्लो तमोरबाट उत्पादन हुने बिजुलीलाई २२० केभी प्रसारणलाइनमा जडान गरिने भएको छ ।
बोक्सी भन्दै कुटपिट तथा अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ
महोत्तरीमा अन्धविश्वास र कुरीति अझै पनि कायमै रहेको पाइएको छ । भर्खर महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकामा बोक्सीको आरोपमा दुई जना महिलामाथि कुटपिट र अमानवीय व्यवहार भएको छ ।
‘भाषा संस्कृति जोगाउनुपर्छ’
प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले नेपालीहरूले आफ्नो भाषा, कला र जातीय संस्कृति जोगाउनु पहिलो आवश्यकता भएको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको राष्ट्रिय गणित सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले अहिले नानीहरूले अङ्ग्रेजी भाषा फर्रर बोले भने अभिभावकहरू खुसी हुने गरेको भन्दै आफ्नो भाषाभन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिनु गलत भएको बताउनु भयो ।
तमोर आयोजनाबाट स्थानीय उत्साही
पूर्वको तमोर नदीमा बन्ने भनिएको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माणको लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि यस क्षेत्रका नागरिक उत्साही छन् । राष्ट्रिय गौरवको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना ७६२ मेगावाट विद्युत् उत्पादन क्षमताको हुनेछ । आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।
जिसस सुनसरीको निर्वाचन ३० गते
जयकृष्ण यादव/इनरुवा इनरुवा, जेठ २८ गते । जिल्ला समन्वय समिति (जिसस) सुनसरीको निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । जेठ ३० गते हुने जिसस सुनसरीको निवार्चनमा गठबन्धनको पूरै प्यानल र नेकाप एमालेका तीनजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसहितको प्यानलका उम्मेदवारहरुमा जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेषकुमारी घिमिरे, लालकुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टंकप्रसाद गुरुङ्ग, सलिम मियाँ र भूपेन्द्र उरावले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी, नेकपा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखमा जगनारायण मेहता, उपप्रमुखमा सबिना सिग्देल र दलित महिला सदस्यमा श्रृजना विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान गर्ने भएको छ । जिल्लामा गठबन्धनसँग स्पष्ट बहुमत छ । नेपाली कांग्रेसका १३, नेकपा(माओवादी केन्द्र)का एक तथा समाजवादी पार्टीको एक गरी १५ मत छ भने एमालेसँग आठ र स्वतन्त्रको एक मत छ ।