इलामको माईमा भारतीय नागरिक मृत फेला
इलामको माई नगरपालिकामा बसोबास गरी मजदुरी काम गर्दै आउनुभएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतको दार्जिलिङ पोख्रेवुङ्ग स्थायी घर भएका ४० वर्र्षीय दाबा शेर्पा आज विहान माई–४ को अर्ने खोल्सीमा मृत भेटिनुभएको हो । उहाँ विगत दुई वर्षदेखि माई नगरपालिकामा मजदुरी गर्दै आउनु भएको थियो ।
नवनिर्वाचित जिसस प्रमुख लामाद्वारा पदभार ग्रहण
जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङका नवनिर्वाचित प्रमुख छिरिङ लामाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतमार्फत् पद तथा गोपनीयताको सपथ लिएपछि लामाले पदभार ग्रहण गर्नुभएको हो ।
एक्स–रे सेवा बन्द
झापाको दमक अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । यो दमकसहित आसपासका नगरपालिका र गाउँपालिकाहरूको समेत स्वास्थ्य बिमाको प्रथम बिन्दु अस्पताल हो ।सोमबार अस्पतालले सार्वजनिक सूचना गरेर नै एक्स–रे सेवा अर्को सूचना जारी नभएसम्मका लागि नपाइने उल्लेख गरेको छ ।
स्वास्थ्य उपचार कोष स्थापना
इलाम नगरपालिकाले स्वास्थ्य उपचार कोष स्थापना गर्नेभएको छ । दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ कोष स्थापना गर्नेभएको हो । कोष स्थापना गर्नका लागि इलाम नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधिले मासिक रूपमा रकम जम्मा गर्नेभएका छन् ।
फोहोर व्यवस्थापनमा देशकै नमुना धनकुटा
काठमाडौं लगायतका अन्य मुख्य सहरहरुमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धले विकराल रुप लिदै आएको छ । तर धनकुटाको फोहोर ब्यबस्थापनको मोडेल देशकै नमुना बनेको छ । यहाँका फोहोर व्यवस्थापनको तरिका हेर्न देसैभरबाट आउने गरेका छन् ।
अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन
सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । “घट्नाको सत्यतथ्य छानविन हुनुपर्छ”, कमलाले भनिन् ।
बलात्कारको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ
ओखलढुङ्गामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङ जिल्ला समन्वय समितिमा गठबन्धन विजयी
जिल्ला समन्वय समिति ताप्लेजुङमा प्रमुखसहित सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।
औद्योगिक पर्यटन मेला सम्पन्न
ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको पाँचदिने औद्योगिक तथा पर्यटन मेला सम्पन्न भएको छ । घरेलु उत्पादनको प्रवद्र्धन, विकास तथा बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजित मेला सोमबार सम्पन्न भएको हो ।