फुङ्लिङ नगर कार्यपालिकामा गठबन्धन विजयी
ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिका सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।
वन उपभोक्ता समूहका अध्यक्षसहित पाँचलाई भ्रष्टाचारको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्लाको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
जन्मदिनमा सडक बत्ती जडान
लीलाराज खड्का बिर्तामोड, जेठ ११ गते । झापाको कनकाई नगरपालिका –३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती लगाउनुभएको छ ।फजुल खर्च रोकेर आफ्नो गाउँमा निजी खर्चमै सडकबत्ती बालिदिएपछि कम्तीमा मेरो गाउँमा साँझविहान सबैले हिँड्न पाउने भएको उहाँले प्रतिक्रिया दिनुभयो ।‘‘जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो तर यो सडक बत्ती बाल्दा महिनौं उज्यालोमा हिँड्न पाइने भयो ’’ स्थानीय देउमान राइले भन्नुभयो । रमेशले यसअघि आफ्नो छोराको जन्मदिनमा समेत खेलाडीलाई खेल सामाग्री र अनाथ आश्रमका केटाकेटीलाई खानेकुरा वितरण गर्नुभएको थियो ।
प्रदेश १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गर्नुभएको हो ।
बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका धरमपुर सडकखण्डमा बुधबार बिहान साढे ७ बजे यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
आमाको हत्याको आरोपमा छोरा पक्राउ
धरान उपमहानगरपालिकाको वडा नं १४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश सभाको दसौँ अधिवेशन आह्वान
प्रदेश १ को प्रदेश सभाको दसौँ बजेट अधिवेशन आगामी जेठ १६ गते सोमबारका लागि आह्वान गरिएको छ । मङ्गलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी सार्वजनिक गरेको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णयअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुभएको छ । आगामी सोमबारबाट सुरु हुने प्रदेश सभा बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका साथै पूर्व बजेटमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विपन्नका लागि एक हजार घर बनाइने
झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले गरिब परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “मेरा कार्यकालमा अतिविपन्न घरबार विहीन एक हजार परिवारले घर पाउनेछन्,” उहाँले भन्नुभयो । यसका लागि वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।
ताप्लेजुङमा वडाध्यक्षमा महिला शून्य
ताप्लेजुङमा यसपटक वडाध्यक्षमा महिला शून्य भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी अत्यन्तै न्यून भएपछि कोही पनि निर्वाचित नभएकाले महिला शून्य भएका हुन् ।