धिमाल बस्तीमा जात्रीको रौनक
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसङ्ख्यक धिमाल जातिको जात्री पर्व सुरु भएको छ । मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानी महाराजस्थान धिमाल जातिको उद्गम स्थल मानिन्छ । सोही स्थानमा पूजाआजा गरेपछि जात्री पर्व सुरु हुन्छ । अघिल्ला दुई वर्ष कोरोनाले प्रभावित भएको जात्री पर्वलाई यस वर्ष उल्लासमय रूपमा मनाइँदै छ । वैशाख २ गतेदेखि जात्री पर्व सुरु हुन्छ । भोगटेनीबाट पर्व सुरु भएपछि धिमाल बस्तीको टोलटोलमा जात्री पुग्ने गर्छन् ।
इटहरी उपमहानगरपालिकामा काँग्रेसका हेमकर्ण विजयी
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उमेदबार विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुनुभएको हो ।
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् ।
सुनसरीको एक नगरप्रमुख र दुई गाउँपालिका अध्यक्षमा पुन: निर्वाचित
सुनसरीको दुहबी नगरपालिकाको प्रमुखमा पुनः वेदनारायण गच्छदार विजयी हुनुभएको छ । जिल्लाको दुई उपमहानगरपालिका र चार नगरपालिकामध्ये दोस्रो कार्यकालका लागि निर्वाचित हुने गच्छदार पहिलो नगर प्रमुख बन्नुभएको हो ।
विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला विजयी
प्रदेश नं १ को एक मात्र महानगरपालिकाको रुपमा रहेको विराटनगर महानगरपालिको मेयर पदमा सत्ता गठवन्धनका नागेश कोइराला विजयी हुनुभएको छ । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार कोइरालाले आठ हजार ७१५ मतको अग्रतासहित ३० हजार १७० मत प्राप्त गर्नुभएको छ ।
एक जनालाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा
सन्तोष राउतसोलुखुम्बु, जेठ ६ गते । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले आफूले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई चिकित्सक उत्पादनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।अघिल्लो कार्यकालमा लोकप्रिय काम गरेका कारण जनताले अर्को कार्यकालका लागि विजय गराएपछि अध्यक्ष राईले पालिकाभित्रका जेहेन्दार गरिब परिवारका विद्यार्थीमध्येबाट एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो । स्थानीयस्तरकै जनशक्तिबाट चिकित्सक उत्पादन गर्ने यस्तो निर्णयले पालिकामा अघिल्लो कार्यकालमा राईले निर्माण थालेर अन्तिमचरणमा पुगेको सुविधा सम्पन्न अस्पतालमा दक्ष चिकित्सकको व्यवस्थाका लागि सहज हुने स्थानीयको बुझाई छ ।त्यस्तै, उहाँले पालिकाबासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसकालागि ठाउँ ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने अर्को महत्वकांक्षी निर्णय समेत गर्नुभएको छ । पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।गाउँपालिकाको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेको र केही सडकलाई आवश्यकताअनुसार स्तरोन्नति गर्दै विद्युतीय बस सञ्चालनका लागि पालिका तयार रहेको उहाँले दाबी गर्नुभयो ।
धनकुटाका पालिका प्रमुख तथा अध्यक्ष शपथग्रहण
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धनकुटामा निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गर्नुभएको छ । जिल्लाका सात स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
विर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
झापाको विर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन्। नगर प्रमुखमा पवित्रा महतारा (प्रसाईं) र उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित हुनुभएको हो।
झापामा महिला नगर प्रमुखको विजयी
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम अनुसार झापाको बिर्तामोड नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएका छन् ।