झापाको बुद्धशान्ति काँग्रेस विजयी
झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाई विजयी हुनुभएको छ । उहाँले ११ हजार ४०३ मत ल्याएर विजय हुनु भएको छ ।
सुनसरीको दुहबी र इनरुवामा कांग्रेस विजयी
सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो ।
ताप्लेजुङका स्थानीय तहमा काँग्रेस अगाडि
ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेपाली काँग्रेसले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा काँग्रेस विजयी भएको हो ।
रामधुनी नगरपालिकामा एमालेका उम्मेदवार विजयी
जयकृष्ण यादव इनरुवा, जेठ ५ गते । सनुसरीको रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार एमालेका उम्मेदबार रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी र उपप्रमुख तारा थापा निर्वाचित हुनुभएको हो ।चौधरीले १३ हजार ७७२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदिप अधिकारीले ११ हजार ४३५ मत ल्याई पराजित हुनुभयो । उपप्रमुखमा एमालेकै थापाले १२ हजार १२८ मतसहित विजयी हुनुभयो । काँग्रेसका उम्मेदबारले १० हजार ४९३ मत ल्याई पराजीत हुनुभयो । रामधुनी नगरपालिकाको वडा नम्बर १, ५, ६ को वडा अध्यक्षमा काँग्रेस र वडा नम्बर २, ३, ७ र ८ को वडा अध्यक्षमा एमाले र वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एसका उम्मेदबार चिर्वाचित हुनुभएको छ ।
सुनसहित एक पक्राउ
प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपियाँ बढीको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
ताप्लेजुङमा वडाध्यक्षसहित १५ जना स्वतन्त्र निर्वाचित
ताप्लेजुङमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षसहित १५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लामा कुल ३१९ जना जनप्रतिनिधि निर्वाचित भएकामध्ये १५ जना स्वतन्त्रतर्फका उम्मेदवार निर्वाचित भएका हुन् ।
ताप्लेजुङमा पाँचजना महिला उपाध्यक्षमा निर्वाचित
ताप्लेजुङमा विभिन्न दलका तर्फबाट उम्मेदवार बनेका पाँचजना महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उक्त सङ्ख्यामा महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
धनकुटामा विरासत गुमाउँदै एमाले : सुधार्दै काँग्रेस र माओवादी
स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएसँगै धनकुटा जिल्लामा नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ ।
धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार साम्पाङ अगाडि
निशा राईधरान, जेठ ४ गते । धरान उपमहानगरपालिकामा हालसम्म २२ हजार ९७९ हजार मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडि हुनुहुन्छ । गणनाको शुरुवातदेखि गठबन्धनको अग्रता रहे पनि हाल गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईलाई पछि पार्दै स्वतन्त्रका हर्क साम्पाङले एमाले काँग्रेस लगायत सबै राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ८ हजार १४० मत प्राप्त गरेर अग्रस्थानमा रहनुभएको छ भने दोस्रोमा नेपाली काँग्रेसका उम्मेदवार किशोर राइको आठ हजार १२६ मत छ । तेस्रोमा एमालेका उम्मेदवार मञ्जु भण्डारीले छ हजार ७१३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, उपप्रमुख पदमा गठबन्धनको उम्मेदवार अइन्द्रबिक्रम बेघाले नौ हजार १३६ मत प्राप्त गर्नुभएर गठबन्धनका अग्रता कायमै राख्नुभएको छ भने एमालेका उम्मेदार पदम इस्वोले आठ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । हालसम्म ११ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २०, १९, ११ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।