• ११ असोज २०८१, शुक्रबार

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार साम्पाङ अगाडि

blog

निशा राई

धरान, जेठ ४ गते । धरान उपमहानगरपालिकामा हालसम्म २२ हजार ९७९ हजार मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडि हुनुहुन्छ । 

गणनाको शुरुवातदेखि गठबन्धनको अग्रता रहे पनि हाल गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईलाई पछि पार्दै स्वतन्त्रका हर्क साम्पाङले एमाले काँग्रेस लगायत सबै राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ८ हजार १४० मत प्राप्त गरेर अग्रस्थानमा रहनुभएको छ भने दोस्रोमा नेपाली काँग्रेसका उम्मेदवार किशोर राइको आठ हजार १२६ मत छ ।  तेस्रोमा एमालेका उम्मेदवार  मञ्जु भण्डारीले छ हजार ७१३ मत प्राप्त गर्नुभएको छ ।  

 यसैगरी, उपप्रमुख पदमा गठबन्धनको उम्मेदवार अइन्द्रबिक्रम बेघाले नौ हजार १३६ मत प्राप्त गर्नुभएर गठबन्धनका अग्रता कायमै राख्नुभएको छ भने एमालेका उम्मेदार पदम इस्वोले आठ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । 

हालसम्म ११ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २०, १९, ११ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।