• ११ असोज २०८१, शुक्रबार

धनकुटामा विरासत गुमाउँदै एमाले : सुधार्दै काँग्रेस र माओवादी

blog

तस्बिरमा : सात स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष ।

कोकिला भण्डारी  
धनकुटा, जेठ ४ गते ।
स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएसँगै धनकुटा जिल्लामा नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ । अघिल्लो निर्वाचनमा एमालेले सबैलाई हराएकोमा यस पटक सो वर्चश्व कायम राख्न नसकेर विरासत गुमाएको हो ।

सत्ता गठबन्धनका दुई ठूला दल नेपाली काँगे्रस र नेकपा माओवादीको नेतृत्व भने २०७४ सालको तुलनामा सुधार गरेका छन् । जिल्लामा रहेका सातै पालिकाको मत परिणाम सार्वजनिक भएको छ जसअनुसार तीन पालिकामा प्रमुख र एक पालिकामा प्रमुख उपप्रमुखसहित गठबन्धनतर्फका उम्मेदवारले विजय हासिल गरेको छ ।

२०७४ सालमा जिल्लामा रहेका सात स्थानीय तहमा नै विजय भएको एमालेले यस पटक भने तीन पालिका मात्र झिनो मतले प्रमुखमा विजय हासिल गरेको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा नेपाली काँगे्रसले महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र अध्यक्ष पदमा साँगुरीगढी गाउँपालिका, छथरजोरपाटी गाउँपालिकामा विजय हासिल गरेको छ । धनकुटा नगरपालिका प्रमुख र चौविसे गाउँपालिका अध्यक्षमा भने एमालेले विजय गरेको छ । 

गठबन्धनका तर्फबाट छथर जोरपाटी गाउँपालिका अध्यक्षमा काँग्रेसका छत्र सुब्बा, उपाध्यक्षमा माओवादी केन्द्रका गिता खेवा, महालक्ष्मी नगपालिकाको प्रमुखमा कुबराज राय, पाख्रिबास नगरपालिकामा प्रमुखमा काँगे्रसका ज्ञानबहादुर गुरूङ, साँगुरीगढी गाउँपालिका अध्यक्षयमा कांग्रेसका जितेन्द्र रूम्दालीलेले विजय हासिल गरेर एमालेको लालकिल्ला तोड्न सफल हुनुभएको छ ।

धनकुटा नगरपालिका प्रमुखमा एमालेका चिन्तन तामाङ, उपप्रमुख एमालेकै भिमा खनाल, महालक्ष्मी नगरपालिका उपप्रमुखमा एमालेका मन्जु अधिकारी कार्की, पाख्रिबास नगरपालिका उपप्रमुखमा एमालेका नम्रता देउजा गौतम, साँगुरीगढी गाउँपालिका उपाध्यक्षमा एमालेका मुना राई, चौविसे गाउँपालिका अध्यक्षमा एमालेका राज कुमार लिम्बु, उपाध्यक्षमा टंकमाया मगर, सहिदभूमि गाउँपालिका अध्यक्षमा एमालेका मनोज राई, उपाध्यक्षमा एमालेका रत्नेश्वरी राई विजय हुनुभएको छ ।