बाह्रदशी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
विष्णुप्रसाद पोखरेलदमक, जेठ ४ गते । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारहरु विजयी हुनुभएको छ । अध्यक्षमा देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित हुनुभएको हो । अघिल्लो स्थानीय निर्वाचनमा दुबै पद काँग्रेसले जितेको थियो ।एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा ६ मा प्यानलै जितेको छ । वडा १, २, ३, ७ काँग्रेस, ४ स्वतन्त्र र ५ नम्बर वडा राप्रपाले जितेको निर्वाचन अधिकृतको कार्यालय बाह्रदशीले जनाएको छ ।चम्लागाईले ७ हजार १४८ मत ल्याई अध्यक्ष पदमा विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष काँग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत ल्याउनुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी शिवाकोटीले ६ हजार ६३६ मत ल्याई निर्वाचित बन्नुभयो । निकटतम प्रतिस्पर्धी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत पाउनुभयो ।
झापाको हल्दिबारीमा राप्रपाका रवीन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित
विष्णुप्रसाद पोखरेलदमक, जेठ ४ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको आफ्नो पालिका झापाको हल्दिबारीमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित पालिकामा बहुमत ल्याएको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको हो । उहाँ राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका आफ्नै भाइ हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालय हल्दिबारीका अनुसार लिङ्देन ६ हजार ८५६ मत ल्याएर विजयी बन्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डम्बरबहादुर गिरीलाई २ हजार १९० मतान्तरले पराजित गर्नुभयो । गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । गिरीले ४ हजार ६६६ मत ल्याउनुभयो । गाउँपालिका उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ । मैनालीले ५ हजार ७८ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका शान्तादेवी गौतमले ४ हजार १०६ मत ल्याउनुभयो ।
लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले
ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ ।
ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्याक्टर चारजना घाइते भएका हुन् ।
अधिकांशमा गठबन्धन विजयी
प्रदेश नम्बर १ का विभिन्न पहाडी जिल्लाका अधिकांश स्थानीय तहको मतगणना कार्य सम्पन्न भई अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी प्रदेश १ का तराईका केही स्थानीय तहका मतगणना कार्य पनि सम्पन्न भइसकेको छ ।
ताप्लेजुङका अधिकांश स्थानीय तहमा गठबन्धनको जित
ताप्लेजुङका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धन विजयी भएको छ। जिल्लाका नौमध्ये पाँच स्थानीय तहमा गठबन्धन दुवै मुख्य पद तथा दुई तहमा एक प्रमुख र एक उपप्रमुख पदमा विजयी भएको हो।
सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजय
सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनमा पालिका प्रमुख तथा उप–प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयको सुरुवात गरेका छन् ।
पार्खिवास, महालक्ष्मीमा काँग्रेस, धनकुटा नगरमा एमाले विजयी
नगर प्रमुख र उपप्रमुखमा एमालेको वर्चस्व एमालेका चिन्तन तामाङले कायम राख्दै दोस्रो पटक पनि नगर प्रमुखमा विजयी हासिल गर्नुभएको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।
विराटनगर महानगर : प्रमुखमा काँग्रेसको अग्रता, छवटा वडाको परिणाम सार्वजनिक
स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ ।