• ११ असोज २०८१, शुक्रबार

लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

blog

शेरबहादुर राई
ओखलढुङ्गा, जेठ ४ गते ।
ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार मिलन बिष्टलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो ।कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा बिष्टले तीन हजार ४९२ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।  कांग्रेसका उम्मेदवार प्रेम कुमारी दाहाललाई एक हजार ३३ मतलेपछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले चार हजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याउनुभयो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकीन्द्रराज कट्वालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मंगोलनेश्नल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०/१० मत ल्याउनुभएको छ ।