• १९ असार २०८१, बुधबार

रामधुनी नगरपालिकामा एमालेका उम्मेदवार विजयी

blog

जयकृष्ण यादव 

इनरुवा, जेठ ५ गते । सनुसरीको रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार एमालेका उम्मेदबार रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी र उपप्रमुख तारा थापा निर्वाचित हुनुभएको हो ।

चौधरीले १३ हजार ७७२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदिप अधिकारीले ११ हजार ४३५ मत ल्याई पराजित हुनुभयो । उपप्रमुखमा एमालेकै थापाले १२ हजार १२८ मतसहित विजयी हुनुभयो । काँग्रेसका उम्मेदबारले १० हजार ४९३ मत ल्याई पराजीत हुनुभयो । 

रामधुनी नगरपालिकाको वडा नम्बर १, ५, ६ को वडा अध्यक्षमा काँग्रेस र वडा नम्बर २, ३, ७ र ८ को वडा अध्यक्षमा एमाले र वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एसका उम्मेदबार चिर्वाचित हुनुभएको छ ।