• १० जेठ २०८१, बिहिबार

जन्मदिनमा सडक बत्ती जडान

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ ११ गते । झापाको कनकाई नगरपालिका –३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती लगाउनुभएको छ ।

फजुल खर्च रोकेर आफ्नो गाउँमा निजी खर्चमै सडकबत्ती बालिदिएपछि कम्तीमा मेरो गाउँमा साँझविहान सबैले हिँड्न पाउने भएको उहाँले प्रतिक्रिया दिनुभयो ।

‘‘जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो तर यो सडक बत्ती बाल्दा महिनौं उज्यालोमा हिँड्न पाइने भयो ’’  स्थानीय देउमान राइले भन्नुभयो । रमेशले यसअघि आफ्नो छोराको जन्मदिनमा समेत खेलाडीलाई खेल सामाग्री र अनाथ आश्रमका केटाकेटीलाई खानेकुरा वितरण गर्नुभएको थियो ।