• ९ जेठ २०८१, बुधबार

प्रदेश सभाको दसौँ अधिवेशन आह्वान

blog

विराटनगर, जेठ ११ गते । प्रदेश १ को प्रदेश सभाको दसौँ बजेट अधिवेशन आगामी जेठ १६ गते सोमबारका लागि आह्वान गरिएको छ । मङ्गलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गर्दै प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी सार्वजनिक गरेको हो । 

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णयअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुभएको छ । आगामी सोमबारबाट सुरु हुने प्रदेश सभा बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका साथै पूर्व बजेटमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

प्रदेश सभामा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८, प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७८ छलफलका क्रममा रहेका छन् ।