• १४ जेठ २०८१, सोमबार

मन्त्रालयमा प्राविधिक समस्या आएपछि बजेट प्रस्तुत गर्न ढिलाइ

blog

गोकुल पराजुली

विराटनगर, असार १ गते । बजेट तयारीमा ढिलाइ हुँदा प्रदेशसभामा बजेट पेश गर्ने समय झण्डै दुई घण्टा पर सर्ने भएको छ । बजेट इन्ट्री गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयलको सर्भरमा प्राविधिक समस्या देखिएपछि प्रदेश सभा बैठक १ घण्टा ४५ मिनेट ढिला मात्र सुरु गर्नेगरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ । 

प्रदेशसभाको आज दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने, राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची छ । 

प्रदेश सरकारका प्रवक्ता एवम् यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले बजेट प्रस्तुत गर्ने समय केही ढिला हुने जानकारी प्रदेशसभालाई गराइसकेको बताउनुभयो । प्रदेशसभा नियमावलीअनुसार निर्धारित बैठक २ घण्टासम्म ढिलो गर्न सकिने व्यवस्था छ । तर २ घण्टासम्म बैठक सुरु नभएमा सूचना टाँस गरी सचिवालयले बैठकको अर्काे समय तोक्नुपर्छ ।

प्रदेश सरकारले असार १ गतेकै दिन प्रदेशसभामा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालु वर्षभन्दा करिब १५ प्रतिशत बढी झण्डै ३५ अर्ब माथिको बजेट प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।