• ७ जेठ २०८१, सोमबार

कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ

blog

प्रहरीले पक्राउ परेको प्रतिवादी हिरा बिक । तस्बिर ः राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, वैशाख २८ गते ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका –१३ एगौली निवासी ४० वर्षीया हीरा बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिकलाई बिहीबार दाङको बबई गाउँपालिका वडा नम्बर ५ हुरुमबेलीचौरबाट पक्राउ गरिएको हो ।

उहाँका अनुसार २०७५ पुस २५ गते बिकले आफ्नै देउरानी नाता पर्ने २८ वर्षीया कल्पना नेपालीलाई कुटपिट गरी घाइते बनाएकी थिइन् । घाइतेको कल्पनाको २०७८ मङ्सिर १९ गते उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीको भनाइ छ ।

घाइतेको मृत्युपछि फरार रहेको आरोपमा बिकलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङसँगको समन्वयमा पक्राउ गरेको हो । बिकलाई जिल्ला ल्याएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।