• ५ जेठ २०८१, शनिबार

गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

blog

कोकिला भण्डारी
धनकुटा, जेठ १० गते ।
धनकुटा जिल्लामा सात स्थानीय तह रहेका छन् । जसमध्येको एक स्थानीय तह महालक्ष्मी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुखका रुपमा ध्रुव रायले आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

रायले मात्र हैन यतिवेला सबै पालिकामा पालिका प्रमुखहरुले पदभार लिई पालिकाको काम अगाडि बढिरहेको छ । चुनावताका तयार गरिएको घोषणापत्रमा उल्लेख गरिएका कामहरुलाई अगाडि बढाउन र कार्यान्वयनमा सहज बनाउने उद्देश्यले धमाधम निर्णय भइरहेका छन् ।

यसै क्रममा पदभार सँगसँगै महालक्ष्मी नगरपालिका प्रमुखले नगरपालिकाबाट गरिब तथा विपन्न नवरवासि परिवारको स्वास्थ्य बीमा निःशुल्क गरिदिने हुनुभएको छ ।

महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्ने विपन्न परिवार, अल्पसङ्ख्यक, दलितलगायको निःशुल्क स्वास्थ्य बिमा नगरपालिकाबाट गराइने बताउँदै नगरपालिका क्षेत्रमा नगरपालिकाको पहलमा सबै जनतालाई स्वास्थ्य बीमाको पहुँचमा ल्याइने घोषणा गर्नुभएको छ ।

नगरप्रमुख रायले चुनावताका आफ्नो घोषणापत्रमै स्वास्थ्य बीमा निःशुल्क गर्ने उल्लेख गर्नुभएको थियो । सोही अनुरुप उपचारमा आर्थिक रुपमा सहजता पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।