दमकमा औद्योगिक पार्क : शिलान्यासपछि कार्य प्रगति शून्य
झापाको दमकमा निर्माण गर्ने भनिएको दमक ‘क्लिन’ औद्योगिक पार्क निर्माणमा ढिलाइ भएको आवाज उठ्न थालेको छ । पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा धनीका साथै स्थानीयले पार्क निर्माणमा ढिलाइ भएको भन्दै यथाशक्य छिटो पार्क निर्माण थाल्न दबाब दिँदै आएका छन्।
निजी विद्यालयको स्थलगत अनुगमन
निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो ।
ओखलढुङ्गा–सिन्धुली जोड्ने पक्की पुल निर्माण सम्पन्न, स्थानीय खुशी
ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् । पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।
भारतबाट आउने व्यक्तिमा कोरोना सङ्क्रमण
इलाममा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही समय सङ्क्रमितको सङ्ख्या शून्य भए पनि पछिल्लो समय बढ्दै गएको हो । जिल्लामा भारतबाट आउने नागरिकमा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
ठेकेदार कालो सूचीमा
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गाउँपालिकाको भवन अलपत्र पार्ने निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौँ कम्पनीलाई कालो सूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार प्रकाशन गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी ८ साउन २०८० सम्मका लागि निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको उल्लेख छ ।
अध्यक्ष ओली गृह जिल्ला झापामा
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्थानीय तह निर्वाचनको समीक्षाका लागि गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी बिषयमा छलफल गर्न उहाँ गृह जिल्ला आउनुभएको सो दलका नेताले बताउनुभएको छ ।
खोलाको कटान रोक्न अस्थायी बार पाईलिङ
झापामा बिभिन्न खोलाहरुले कटान तिब्र बनाएपछि अस्थायी रुपमा खोला नियण्त्रणका लागि बाँसको बार (पाईलिङ) लगाउने कार्य बढ्दै गएको छ । नदी मोडिएर बाँध कटान गर्ने तथा क्षति पुर्याउने अवस्था उत्पन्न भएमा बाँसका किला र बार लगाएर पानीको बहाव नियन्त्रण गर्ने र फर्काउने अस्थायी प्रविधि (पाइलिङ) अपनाउने कार्य बढ्दै गएको पाईएको हो ।
विधेयक पारित भएपछि दीप प्रज्वलन
योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक संसदबाट पास भएपछि सङ्खुवासभामा दिप प्रज्वलन गरिएको छ । मंगलबार प्रतिनिधी सभाबाट विधेयक पास भएपछि सदरमुकाम खाँदबारीको पोखरी पार्कमा जिल्लाबासीले दिप प्रज्वलन गरी खुसीयाली मनाएका हुन् ।
झापामा स्क्रब टाइपसका ३ जना विरामी फेला
झापाको दमकमा स्क्रब टाइपसका तीन जना विरामी फेला परेकाछन् । कोरोना र डेंगु रोगसंग लक्षण मिल्दोजिल्दो यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्ने गर्दछ । यस जिवाणुले संक्रमित माइट–सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा लगायतको टोकाइबाट सर्न सक्दछ ।