• ७ जेठ २०८१, सोमबार

भारतबाट आउने व्यक्तिमा कोरोना सङ्क्रमण

blog

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), साउन १२ गते ।
इलाममा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही समय सङ्क्रमितको सङ्ख्या शून्य भए पनि पछिल्लो समय बढ्दै गएको हो । जिल्लामा भारतबाट आउने नागरिकमा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले हाल इलाममा सात जना नयाँ सङ्क्रमित फेला परेको जानकारी दिनुभयो ।

गत असार २७ गते भारतबाट नेपाल प्रवेश गरेका दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो यो । त्यसयता पुनः सोही नाकाबाट नेपाल प्रवेश गरेकामध्ये थप पाँच जनामा सङ्क्रमण पुष्टि भएको बरालले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा नियमित चेकजाँच हुँदै आएको छ । उक्त नाकाबाट नेपाल प्रवेश गर्ने सबैले अनिवार्य परीक्षण गराउनुपर्ने व्यवस्था मिलाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण कायमै रहेकाले अनिवार्य कोरोना परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न स्वास्थ्य कार्यालय इलामले आग्रह गरेको छ ।