सङ्खुवासभामा लाखे जात्रा सुरु
सङ्खुवासभाका नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । नाग पञ्चमीसँगै जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा जात्रा सुरु गरिएको हो ।
गाँजा तस्करीको केन्द्र बन्दै खुला सीमा
खुला सिमाना र सहज आवागमनको फाइदा उठाउँदै विराटनगरको रानी नाका हुँदै भारततर्फ गाँजा तस्करी हुने क्रम बढेको छ। नेपालतर्फबाट तस्करले विभिन्न नयाँ तरिका अपनाउँदै भारतीय क्षेत्रतर्फ गाँजा तस्करी गर्ने गरेका छन्। सशस्त्र प्रहरी बलको टोलीले पाएको सूचनाको आधारमा तरकारी बोकेको ट्रकमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेलापारेको हो। सङ्खुवासभाबाट बन्दाकोबी राखेर भारततर्फ लगिँदै गरेको उक्त गाडीलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो।
ग्रामीण सडकमा सास्तीपूर्ण यात्रा
इलाम नयाँबजारका सवारीचालक फुरी शेर्पा आफ्नो सवारीमा सधैँ कुटो, कोदालो र साबेल राखेर हिँड्नुहुन्छ। नयाँबजार–फिक्कल सवारी चलाउने शेर्पा कच्ची सडकमा सवारी चलाउँदा सधैँ समस्या झेल्नुपर्ने भएकोले यसो गर्नुपरेको बताउनुहुन्छ। चालक शेर्पा भन्नुहुन्छ, “कहाँ पुग्दा गाडी फस्छ भन्ने टुङ्गो हुँदैन, आवश्यक सामान बोकेरै हिँड्नुपर्ने बाध्यता हो।” शेर्पा मात्र होइन, उक्त सडकमा सवारी चलाउने सबै चालकले सजकता अपनाउनै पर्छ। गाडी फस्ने हुँदा अनेक उपाय लगाएर निकाल्नुपर्छ।
युवा पुस्तामा लोकप्रिय बन्दै लाखे नाच
झण्डैँ दुई सय वर्ष इतिहास बोकेको पूर्वी पहाडी जिल्ला भोजपुरको लाखे नाचप्रति स्थानीय युवाको चासो बढेको छ ।
झरीमा रुझ्दै कुहिरोमा लुक्दै हिलेमा लाखे नाच
धनकुटाको हिलेबजारमा आजदेखि नेवाः समुदायको परम्परागत जात्रा लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाह नै नगरी हिलेमा लाखे नाच सुरु गरिएको हो । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आज मंगलबारबाट झीगु नेवाः समाज, हिलेले निकालेका हुन् ।
मुख्यमन्त्री राई कोरोना सङ्क्रमित
प्रदेश नं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड सङ्क्रमित हुनुभएको छ । सोमबार मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।
भूकम्पले खोटाङमा दुई विद्यालय, एक प्रहरी चौकी र ४७५ घरमा क्षति
साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।
लगातारको वर्षाले जनजीवन कष्टकर
पुर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङग र सुनसरीका अधिकांस भुभाग जलमग्न भएका छन् भने केही पहाडी जिल्लामा बाढी तथा पहिरोको खतरा कारण कटारीको जनजीवन प्रभावित भएको छ ।
प्रदेश १ मा पेट्रोलियम पदार्थको बिक्री आधा घट्यो
पूर्वी नेपालमा १० दिनयता नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको बिक्री झन्डै आधाले घटेको छ । विगतको तुलनामा आधा मात्र इन्धन बिक्री भए पनि बजारमा समस्या देखिएको निगमले जनाएको छ । दैनिक एक हजार किलोलिटर (१० लाख लिटर) डिजल माग हुने गरेकामा अहिले आधा मात्रै भइरहेको नेपाल आयल निगम, प्रादेशिक कार्यालय विराटनगरले जानकारी दिएको छ ।