• ८ जेठ २०८१, मङ्गलबार

भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

blog

विराटनगर, साउन ६ गते । भारतीय ट्रकको ठक्करबाट शुक्रबार बिहान मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु भएको छ । बिहान ६ बजे  बुढीगङ्गा २ स्थित कोशी राजमार्गको गङ्गाचोकमा भएको दुर्घटनामा २७ वर्षे हर्क परियार र २१ वर्षे भीमबहादुर राईको मृत्यु भएको हो । 

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफ आर ३८ एफ २२१० को ट्रकले  सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका दुवैलाई नजिकै रहेको विराट मेडिकल कलेजको अस्पताल लगिएकोमा उपचारका क्रममा केही बेरमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । 


Author

गोकुल पराजुली