• ८ जेठ २०८१, मङ्गलबार

ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा ना ७ त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका सोनाम राई घाइते भएका हुन् ।

प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ बजारबाट सिमेन्ट लगायतका निर्माण सामग्री लिएर जाँदैगरेको ट्रयाक्टर फुरुम्बुको ओठे क्षेत्रमा बिहीबार साँझ दुर्घटना भएको हो । ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो । 

दुर्घटनामा परी घाइते हुनुभएका चालक राईको जिल्ला अस्पतालमा उपचार भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रनाउ राईका अनुसार चालक राईको आँखालगायत शरीरको केही भागमा चोट लागेको छ ।