गोलिया काठ निकासी गर्न प्रतिबन्ध
ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन्।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने
६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । मुआब्जा निर्धारण नहुँदा रोकिएको आयोजनालाई नेपाल सरकारले अघि बढाउने भएको हो ।
वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब विप्रेषण प्राप्त
वैदेशिक रोजगारीबाट गत आवमा नेपालले १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण प्राप्त गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो ।
ताप्लेजुङका २४ हजार परिवार कृषिमा आबद्ध
ताप्लेजुङमा २४ हजार बढी कृषक परिवार कृषि कर्ममा आबद्ध छन् । नौ वटा स्थानीय रहेको जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि कर्म (पेशा) मा आवद्ध रहेका पाइएको हो ।
संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी
नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् ।
इलामको माङसेबुङ (लारुम्बा) गाउँ
इलाम, जेठ १६ गते । इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ र ५ मा पर्ने गाउँ माङसेबुङ (लारुम्बा)क्षेत्र र आसपास। किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको यस क्षेत्रमा पशुबली, मांस, धूमपान र मद्यपान निषेधित गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले वि।सं। २०७२ साल चैत ११ गते यहाँको रिङरोडभित्रको क्षेत्रलाई शाकाहारी गाउँ घोषणा गरेको थियो । तस्बिरः रासस
गणतन्त्र संस्थागत गर्न आग्रह
गणतन्त्र दिवसको अवसरमा सुनसरीको इनरुवामा प्रभातफेरी कार्यक्रम गरिएको छ । बिहीबार १८ औँ गणतन्त्र दिवसका अवसरमा सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यव्रmम गरिएको हो ।
गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार
हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।
सगरमाथाको फेदीमा पिटर्स
न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं विदेशमन्त्री विन्स्टन पिटर्स ७२ औँ सगरमाथा दिवस मनाउन हिमाली पर्यटनको केन्द्र सोलुखुम्बुको खुम्जुङ पुग्नुभएको छ । न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेकेको दिनको सम्झना गर्न उपप्रधानमन्त्री पिटर्स सगरमाथाको काखमा रहेको खुम्जुङमा आउनुभएको हो ।
नेपालमा ‘पोड वे’ यातायात सुरु गरिने
नेपाल सरकारले पोड वे सेवालाई अगाडि बढाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो जानकारी दिनु भएको हो ।
विपद् व्यवस्थापनको पूर्व तयारी गर्दै उदयपुर
मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण तथा राहत र उद्धार जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न उदयपुरका सरोकारवला निकायहरुले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन् ।
करेन्ट लागेर कर्मचारीको मृत्यु
पाँचथरको मिक्लाजुङमा करेन्ट लागेर एक कर्मचारीका मृत्यु भएको छ । बुधबार साँझ मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा रहेको सौर्य ऊर्जा मिनिग्रिड विद्युत कार्यालयमा कार्यरत कर्मचारी ४१ वर्षीय झलेन्द्र भनिने चन्द्र मगरको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सूर्योदयमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा दुई दिने अन्तर्राट्रिय साहित्य सम्मेलन सुरु भएको छ ।
प्रदेश संरचनाको दिगोपना आवश्यक
गणतन्त्र नेपालको घोषणा भएको १७ औँ वर्षगाँठको अवसरमा बिहीबार देशभर विविध कार्यव्रmमका साथ गणतन्त्र दिवस मनाइँदै छ । २०६२÷६३ को जनआन्दोलनपछि २०६५ सालको जेठ १५ गते राजतन्त्रको अन्त्य गरी गणतन्त्रको औपचारिक घोषणा गरेको थियो । यही ऐतिहासिक निर्णयको जगमा निर्माण भएको नेपालको संविधान २०७२ ले तीन तहको सरकारको परिकल्पना गरेको छ ।
आमा छोरी मृत फेला
आज दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।
गोरखापत्रकर्मी लुइटेल पुरस्कृत
पाल पत्रकार महासंघ पाँचथर शाखा उपाध्यक्ष समेत रहनुभएकी उहाँ नेपाल प्रेस युनियन पाँचथरले वितरण हुँदै आएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित सम्मानित हुनु भएको हो।
एचपिएफमार्फत ६५ वटा विद्यालय भवन निर्माण
ताप्लेजुङमा ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले ६५ वटा विद्यालय भवन निर्माण गरी दिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेको एचपिएफले जिल्लाका विभिन्न विद्यालयका पक्की भवन निर्माण गरी दिएको हो ।
प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी
प्राकृतिक विपदको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले प्रकोप व्यवस्थापन, जोखिम न्यूनीकरण एवं समन्वयका लागि पूर्वतयारी थालेको छ ।
तिङलामा स्वास्थ्य चौकी भवन बन्ने
गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ ।
जोखिम क्षेत्रको नक्साङ्कन अनुसार विपद्को प्रतिकार्य गरिने
कोशी प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको नक्साङ्कन अनुसार जोखिम क्षेत्रमा केन्द्रित रहेर प्रतिकार्य योजना तयार पार्ने जनाएको छ ।
धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटना : पाँच घाइते
धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छन् ।
सिक्रेटारमा बालउद्यान निर्माण
बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ ।
ठेकेदार सम्पर्कविहीन भएपछि काम अलपत्र
उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारमा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनामा ढिलासुस्ति भएको छ ।