शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
किमाथाङ्का, जेठ १४ गते। यहाँको चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन्।
बुधबार दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।
घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताउनुभयो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस