दिखुवा खोलामा मोटरेबल पुलको शिलान्यास
खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ।
भाटा प्रहारले एकको मृत्यु
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ चङ्खिदोमा बाँसको भाटा प्रहारबाट एक जनाको ज्यान गएको छ । ४० वर्षीय प्रेमकुमार कुलुङको हत्या अभियोगमा प्रहरीले सोही स्थानका २६ वर्षीय रघु कुलुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।
बाढीले अवरुद्ध कोसी राजमार्ग (फोटो फिचर)
अविरल वर्षाका कारण शनिबार बिहानदखि अवरुद्ध कोसी राजमार्गको भेडेटार मुलघाट सडकखण्ड अझै खुल्न सकेको छैन।
चितुवा आतङ्कले स्थानीय त्रसित
हात्तीबाट अति प्रभावित क्षेत्रको रूपमा चिनिएको झापाको मेचीनगर नगरपालिका २ र ४ बाहुण्डागी तथा आलडागी क्षेत्रमा एक सातादेखि चितुवा आतङ्कका कारण स्थानीयहरु त्रसित बनेका छन् ।
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ ।
वोङछु शेर्पा मेमोरियल अस्पताल बन्यो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १० मा अवस्थित वोङछु शेर्पा मेमोरियल अस्पताललाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
भेडा पालन पेसामा पुस्तान्तरण समस्या (फोटो फिचर)
पछिल्लो समय भेडा पालन पेसा घट्दो क्रममा रहेको छ । अहिलेको पुस्ताले भेडा पालनमा चासो नदिएका कारण भेडा पालन व्यवसाय घट्दो अवस्थामा पुगेको हो ।
जिल्लास्तरीय कविता प्रतियोगितामा निशब्द प्रथम
जिल्ला स्तरीय कविता प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिका–११ का शम्भु निशब्द प्रथम हुनुभएको छ ।
पशुपक्षी पालनमा कृषकलाई प्रेरित गर्दै नगरपालिका
किसानले उत्पादन गरेका पशुुपक्षीजन्य उत्पादनलाई विदेश निर्यात गर्ने अवस्थासम्म बनाउन इलाम नगरपालिकाले जैविक सुुरक्षा तथा असल पशुुपालन अभ्याससम्बन्धी किसानलाई सचेतना गर्न थालेको छ ।
सीमावर्ती नाकामा प्रहरीको कडाई : पाँच करोडको तस्करी सामग्री बरामद
मोरङ जिल्लाका सीमावर्ती भारतीय नाकाहरूबाट हुँदै आएको चोरी पैठारी र तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र त्यसअन्तर्गतका युनिटहरूले सिमावर्ती क्षेत्रमा निगरानी कडाइ गर्दै भन्सार छलेर ल्याइएका करिब पाँच करोड रुपियाँ बराबरका विभिन्न सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएका छन् ।
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिदिङ्वा म्याराथनमा विविसन र जुही प्रथम
ताप्लेजुङमा शनिबार बिहान सम्पन्न सिदिङ्वा म्याराथनमा पुरुषतर्फ विविसन लिङ्देन र महिलातर्फ जुही राई प्रथम हुनुभएको छ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा लिङ्देन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुनुभएको हो ।
प्रस्तावित रेलमार्गपीडित खुसी
मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैँचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका बासिन्दा बजेट वक्तव्य आएपछि खुसी भएका छन् । सरकारले २०७६ सालमा पूर्वपश्चिम
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास
खोटाङ, जेठ १७ गते । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी सरकारले यही जेठ–१५ गते प्रस्तुत गरेको बजेटमा समावेश गरेको हो । एमाले नेता विशाल भट्टराईले भन्नुभयो, “दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा मुआब्जाका लागि पटक–पटक छलफल भए पनि बजेट अभावका कारण निर्धारण हुन सकेको थिएन । यो पटक सरकारले बजेटमा आयोजनालाई समावेश गरेको छ । अब मुआब्जा निर्धारण गरेर जग्गाधनीलाई वितरण गर्नेगरी काम अघि बढ्छ । यो जिल्लावासीको लागि खुसीको कुरा हो ।” खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गरिने बहुउद्देश्यीय जलविद्युत् आयोजनाका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा नेपाल सरकार र लगानीकर्ताबीच सहमति जुटाइएको थियो । करिब ४२ वर्षअघि अध्ययन गरेर सुरू गरिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एसियाली विकास बैंक ९एडिबी० लगायतका वित्तीय संस्थाले लगानी गर्ने जनाएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिका गरी करिब २५ हजार रोपनी जग्गा प्राप्ति ९अधिग्रहण०को प्रक्रिया अघि बढाइएको छ । जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक व्यक्तिको नाममा रहेको करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । बजेट अभावका कारण व्यक्तिको नाममा रहेको जग्गाको मुआब्जा लामो समयसम्म निर्धारण नहुँदा जलविद्युत् आयोजना नै के हुने भन्ने जिल्लावासीमा चिन्ता बढ्दै गएको थियो । मुआब्जा निर्धारण नभए पनि जलविद्युत् आयोजनाबाट प्रभावित हुने जग्गाको किनबेचमा भने, नेपाल सरकारले रोक लगाएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । सरकारको राष्ट्रिय गौरवको आयोजनाकोरूपमा रहेको दूधकोशी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारणका लागि रायसुझाव लिन बसेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम चलनचल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा कारोबार भएको मूल्य र सरकारी दर रेटलाई आधार मानेर जग्गाको मूल्य निर्धारण गर्ने निचोड निकालेको छ । जलविद्युत् आयोजनाका लागि खोटाङतर्फको जग्गा विसं २०७८ असार २३ गतेदेखि रोक्का छ भने, ओखलढुङ्गातर्फको जग्गा अधिग्रहणका लागि विसं २०७८ फागुन २३ गते सूचना प्रकाशित गरेको थियो । जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको तर्फबाट मूल्य निर्धारण समिति र उपसमितिलाई यसअघि नै राय दिइसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । “जग्गाको अन्तिम मूल्य निर्धारण गर्न सकिएको छैन । यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा पुस्तौँदेखि अरूको जग्गा कमाएर बसेका र प्रभावित क्षेत्रमै अरूको जग्गामा ३० देखि ४० वर्षदेखि घरटहरा बनाएर बसिरहेका छन् । उनीहरूको पुनःस्थापनाको विषयले पनि मूल्य निर्धारणमा अलमल गराएको छ । लामीडाँडाको रभुँवाघाटमा वर्षौँदेखि माझी समुदायको ठूलो सङ्ख्यामा बसोबास छ । उनीहरूका लागि उचित ठाउँमा पुनर्वासका स्थानान्तरण गर्नसमेत सम्बन्धित निकायसमक्ष स्थानीय सरकारको तर्फबाट माग गरेका छौँ ।”दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका क्रममा १६२ घरपरिवार पूर्णरूपमा विस्थापित हुने र ९८८ परिवार आंशिक प्रभावित हुने प्रारम्भिक गरिएको छ । बहुवर्षे आयोजनाका रूपमा अगाडि बढाइएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा फर्ने जनाइएको छ । खोटाङको लामीडाँडास्थित रभुँवाघाटमा २२० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट सुरूङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाएर जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाइएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ ।दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै जलाशयमा डुङ्गा सयर, माछापालन तथा तीन जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । दूधकोशी जलाशयमा त्रिधार्मिकस्थल हलेसी तथा सर्वोच्च शिखर सगरमाथा आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ ।
हुलाक टिकटमा भोजपुर
हुलाक टिकटले देशको भूगोल, रहनसहन, संस्कृति, भाषा र कलाको संयोजन गरेको हुन्छ ।
कोशी राजमार्ग अवरुद्ध, धनकुटा खण्डको दुई स्थानमा सडक भत्कियो
कविराज घिमिरे हिले, जेठ १७ गते । अविरल वर्षाका कारण कोशीराजमार्गको भेडेटार मुलघाट खण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई स्थानमा सडक भत्किएको छ । शनिवार बिहान करिब ५ः३० तिर फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटिइसकेको छ र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ । घटनापछि इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी र नेपाली सेनाका १० जनाको टोली खटिइरहेको छ । प्रहरीका अनुसार दुवै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ । दुबै स्थानमा सडक भत्किए पछि कोशी पहाडबाट नराई तथा काठमाडौँ जाने तथा तराइवाट कोशी पहाड जाने सबारी साधन बाटैमा रोकिएका छन् । त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर कोरिडोर सडक खण्डको छरुवा खोलमा बाढी अउदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
महिलालाई अल्लोको झोला बनाउने तालिम
मिक्वाखोला गाउँपालिका वडा १ का ११ जना महिलालाई झोला बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र मिक्वाखोला एक खोक्लिङको समन्वयमा गत वैशाख १४ गतेदेखि एक महिने तालिम प्रदान गरिएको हो ।
छुर्पीको प्रवर्द्धन गर्न अतिथिलाई छुर्पीको माला
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवमा अतिथिलाई छुर्पीको माला लगाइएको छ।
ताप्लेजुङमा लागुऔधषसहित तीन जना पक्राउ
ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित शुक्रबार तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआई नामक लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
खोटाङको सदरमुकाम दिक्तेल र कालिका मन्दिर
खोटाङ जिल्लाको धार्मिक पर्यटकीय स्थल कालिका भगवती मन्दिर र मन्दिरसँगै देखिएको खोटाङ जिल्ला सदरमुकाम दिक्तेल बजार ।
गोलिया काठ निकासी गर्न प्रतिबन्ध
ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन्।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने
६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । मुआब्जा निर्धारण नहुँदा रोकिएको आयोजनालाई नेपाल सरकारले अघि बढाउने भएको हो ।
वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब विप्रेषण प्राप्त
वैदेशिक रोजगारीबाट गत आवमा नेपालले १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण प्राप्त गरेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो ।