कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई
हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो ।
बाँसमा सिप भर्न सिपालु विष्णु
मोरङको लेटाङ–६ का ३५ वर्षीय विष्णु मगरलाई यतिबेला बाँसका सामग्री निर्माण (ह्यान्डीक्राफ्ट) बनाउन र तालिममा सहजीकरण गर्न भ्याइनभ्याइ छ ।
काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ
झापा, जेठ २३ गते । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल झापाको कन्काई नगरपालिका(८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो ।भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उहाँको भनाइ छ । प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारी सञ्चारमाध्यम आत्मनिर्भर बन्नुपर्छ: मन्त्री गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चार माध्यमहरू प्रतिस्पर्धी र आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ ।
‘चालु अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुन्छ’: मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा ऐन र निजामती सेवा ऐन जारी हुने बताउनुभएको थियो । कोशी प्रदेशमा रहेका समाचार संस्थाहरूका अनुगमका लागि विराटनगर विमानस्थलस्थित संञ्चारकर्मीहरुको प्रश्नमा यही अधिवेशनबाट यी दुई ऐन आउने दाबी गर्नुभएको हो ।
विराटनगरमा महिला उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन सुरु
स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।
शनिबार बकरिद पर्व
इस्लाम धर्मावलम्बीले मनाउने महान् चाड बकरिद (ईद उल अजहा) शनिबार मनाउने भएका छन् ।
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ ।
चालु बजेट अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ ।
उपकरण अभावमा बधशाला अलपत्र
आवश्यकता र मागभन्दा पनि लहडमा योजना छनोट गर्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा निर्माण भएको पशुबधशाला अझै सञ्चालनमा आउन सकेको छैन ।
‘मुधिङ कोक्मा’ पार्क घुम्ने आन्तरिक पर्यटक बढे
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको ‘मुघिङ कोक्मा’ पार्क घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय मुधिङ कोक्मा पार्कमा दिनहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेका र पर्यटकको घुइँचो नै लाग्न थालेको हो ।
कोशीमा डल्फिनको सङ्ख्या वृद्धि
सप्तकोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । चार दिनसम्म गरिएको गणनाले सप्तकोशी नदीमा डल्फिनको सङ्ख्या वृद्धि भएको पुष्टि गरेको हो ।
पाँच करोड राजस्व सङ्कलन
सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङ विराटनगरमा, गोरखापत्र कार्यालयको निरीक्षण गर्नुहुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षण गर्नुहुने भएको छ ।
पर्यटकको पर्खाइमा धान नाच पार्क
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा रहेको जिल्ला हो ताप्लेजुङ। कञ्चनजङ्घा हिम शृङ्खलासँगै फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङ पोखरीलगायत थुप्रै पर्यटकीयस्थल तथा विशेष संस्कार संस्कृतिका कारण ताप्लेजुङ एक पर्यटकीय भूमिका रुपमा पनि परिचित रहेको छ।
सप्तकोशी नदीमा एक व्यक्तिको शव फेला
सप्तकोशी नदीमा बिहीबार एक व्यक्तिको शव फेला परेको छ। संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका–५ स्थित लुमसुन बस्ने ३५ वर्षीय राजेश राईको शव फेला परेको हो।
सप्तकोशीमा विपद् उद्धार अभ्यास गर्दैगर्दा सशस्त्रका दुई प्रहरी बेपत्ता
बाढी पहिरोबाट उद्धार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्।
सप्तकोशीमा दुर्लभ डल्फिनको सङ्ख्यामा वृद्धि
सप्तकोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । चार दिनसम्म गरिएको गणनाले सप्तनदीमा डल्फिनको संख्या वृद्धि भएको पुष्टि गरेको हो ।
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा पालुङवा
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा डम्बरबहादुर पालुङवा चयन हुनुभएको छ । लिम्बू जातिहरूको साझा संस्था चुम्लुङको बुधबार सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पालुङवा सर्वसम्मत चयन हुनु भएको हो ।
वैदेशिक रोजगारीमा जानेको लर्को
स्वदेशमा बेरोजगारी समस्या बढेकाले सुनसरीबाट मात्रै वार्षिक २३ हजार जनाभन्दा बढी वैदेशिक रोजगारमा जाने गरेका छन् । स्वदेशमा काम नपाउने, पाएको काममा पनि सोचे अनुसारको पारिश्रमिक नपाउने समस्या रहेकाले बर्सेनि रोजगारीका लागि बिदेसिनेको सूची बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
हिलिहाङमा सांस्कृतिक सम्मेलन
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा यो क्षेत्रमा बसोबास गर्दै आएका सबै जात जातीको संस्कृति झल्काउने झाँकी सहितका नृत्य प्रस्तुत गरिए।
विज्ञान पत्रकारिता तालिम
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा तीन दिने तालिम बुधबारदेखि सुरु भएको हो ।