• १८ जेठ २०८२, आइतबार

कोशी राजमार्ग अवरुद्ध, धनकुटा खण्डको दुई स्थानमा सडक भत्कियो

blog

बाढीले धनकुटाको सांगुरीगढी गाउँपालिका–६ स्थित कोशी लेउती खोलाले भत्काएको काशी राजमार्ग । तस्बिर: गोरखापत्र

कविराज घिमिरे 

हिले, जेठ १७ गते । अविरल वर्षाका कारण कोशीराजमार्गको भेडेटार मुलघाट खण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई स्थानमा सडक भत्किएको छ । शनिवार बिहान करिब ५ः३० तिर फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटिइसकेको छ र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो  । त्यस्तै, सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी र नेपाली सेनाका १० जनाको टोली खटिइरहेको छ ।  प्रहरीका अनुसार दुवै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ । दुबै स्थानमा सडक भत्किए पछि कोशी पहाडबाट नराई तथा काठमाडौँ जाने तथा तराइवाट कोशी पहाड जाने सबारी साधन बाटैमा रोकिएका छन् ।

त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर कोरिडोर सडक खण्डको छरुवा खोलमा बाढी अउदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।