• १९ जेठ २०८२, सोमबार

जिल्लास्तरीय कविता प्रतियोगितामा निशब्द प्रथम

blog

सन्तोष राउत

सोलुखुम्बु, जेठ १७ गते । जिल्ला स्तरीय कविता प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिका–११ का शम्भु निशब्द प्रथम हुनुभएको छ । 

सोलुखुम्बुमा नै पहिलो पटक गठन भएको थुलुङदुधकोशी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बृहत् कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा लेखनाथ कटेल दोस्रो र निर्मला बस्नेत तेस्रो हुनुभएको छ । 

प्रतियोगितामा ६२ जना कविको सहभागिता रहेको थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुवास सङ्गम राईले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका प्रतिभालाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । 

गोष्ठीका प्रमुख अतिथि तथा थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले स्थानीयस्तरमा रहेका प्रतिभा प्रस्फुटन गर्ने यस्ता खालका प्रोत्साहनमूलक कार्यक्रम निरन्तर रूपमा गर्ने बताउनुभयो । प्रतिष्ठानमार्फत गाउँपालिकाले वार्षिक रूपमा साहित्यीक पत्रिका प्रकाशन गर्ने उहाँको भनाइ छ ।

कवि गोष्ठीमा वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङको उपस्थिती रहेको छ भने निर्णायकहरूमा कविहरु स्वप्निल स्मृति, सोझो गाउँले र रेणुका सोलु रहनुभएको थियो ।