• १८ जेठ २०८२, आइतबार

पशुपक्षी पालनमा कृषकलाई प्रेरित गर्दै नगरपालिका

blog

इलाम नगरपालिकामा आयोजना गरिएको असल पशुपालनसम्बन्धी तालिम । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, जेठ १७ गते । किसानले उत्पादन गरेका पशुुपक्षीजन्य उत्पादनलाई विदेश निर्यात गर्ने अवस्थासम्म बनाउन इलाम नगरपालिकाले जैविक सुुरक्षा तथा असल पशुुपालन अभ्याससम्बन्धी किसानलाई सचेतना गर्न थालेको छ । 

पशुुपक्षीमा लाग्ने रोग, त्यसको सङ्क्रमण, महामारी र सङ्क्रमणकालीन रोगबाट पशु चौपायालाई बचाउने विषयमा किसानलाई सचेतना अभियान थालिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुुलालले बताउनुुभयो । 

पशुुजन्य उत्पादनलाई विदेश निर्यातका लागि आवश्यक खोरेत रोग मुक्त अवस्था बनाउन अझै पनि खोरेतविरुद्धको अभियान जारी राख्नुु पर्ने अवस्था रहेको दुुलालले बताउनुुभयो । 

नगरपालिकाले किसानलाई यी रोगहरूका विषयमा सचेत गराउन जैविक सुरक्षा तथा असल पशुपालन अभ्याससम्बन्धी नगरपालिका भरिका अगुवा किसान तथा पशुुपक्षी ओसार–पसार गर्ने व्यक्तिहरूलाई तालिम दिएको छ । नगरपालिका भरिका ३६ किसानलाई दिइएको तालिमको कोशी प्रदेश मच्छे विकास केन्द्र, इलाम भेटनरी अस्पतालका डाक्टर र इलाम नगरपालिकाका पशु चिकित्सकले सहजीकरण गर्नुभएको थियो । 

तालिममा कृषि र पशुमा आधारित अर्थतन्त्रको थप व्यावसायीकरण र आधुनिकीकरण गर्दै जैविक खेती प्रणालीमा जोड दिनुुपर्नेमा समेत किसानलाई सचेत गराइएको थियो ।