• १९ जेठ २०८२, सोमबार

भेडा पालन पेसामा पुस्तान्तरण समस्या (फोटो फिचर)

blog

ताप्लेजुङको फावाखोलाका पूर्णबहादुर विष्टले पाल्नुभएका भेडा । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङ्लिङ, जेठ १७ गते । पछिल्लो समय भेडा पालन पेसा घट्दो क्रममा रहेको छ । अहिलेको पुस्ताले भेडा पालनमा चासो नदिएका कारण भेडा पालन व्यवसाय घट्दो अवस्थामा पुगेको हो । 

ताप्लेजुङका कृषक फुङलिङ नगरपालिकाको फावाखोलाका पूर्णबहादुर विष्ट (सिक्किमे) लाई पनि भेडा पालन पुस्तान्तरणको चिन्ता लाग्न थालेको छ । चार पुस्तादेखिको भेडा पालनलाई निरन्तरता दिएर आइरहनुभएका विष्टलाई छोराछोरीले पेसालाई अगाडि नबढाउनेमा चिन्ता लाग्न थालेको छ। 

उहाँले अहिले ३०० वटा भेडा पाल्नुभएको छ । विषेशगरी भेडाको मासु, ऊन, घिउ र दुधबाट आम्दानी हुने गर्दछ । भेडा पालन गरेर विष्टले परिवारको गुजरा चलाइरहनुभएको छ ।