सामूहिक बलात्कार आरोपमा पाँच जना पक्राउ
ओखलढुङ्गामा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मोलुङ गाउँपालिका-२ का पाँच जना किशोरलाई सामूहिक बलात्कार आरोपमा पक्राउ गरेको हो।
सिदिङ्वा महोत्सवमा पुरुष र महिला म्याराथन हुने
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा पुरुष तथा महिला म्याराथन हुने भएको छ ।
लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा फुरुम्बो
लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन हुनुभएको छ। मङ्गलबार भएको चौंथो जिल्ला अधिवेशनले लिम्बूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुनुभएको हो।
लिम्बू समुदायको ऐतिहासिक समाधिस्थलः चारसुरे डाँडा
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । तीमध्ये विशिष्ट विशेषता भएको समुदाय हो, लिम्बू समुदाय । आफूलाई पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्दै आएका लिम्बू समुदायको छुट्टै संस्कार छ ।
प्रगतिशील लेखक संघलाई ४५ लाख बराबरको जग्गा दान
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्व प्रमुख धरणीप्रसाद गौतमले प्रगतिशील लेखक संघलाई करिब ४५ लाख रुपियाँ मूल्य पर्ने आठ आना जग्गा दाान गर्नुभएको छ ।
'लैङ्गिक समानताको कार्यान्वयन कमजोर'
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानमा लैङ्गिक समानताको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको भएपनि पार्टीहरु नै कार्यान्वयनको पक्षमा कमजोर रहेको बताउनुभएको छ ।
प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् ।
वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कामीरिताको सगरमाथा सर्वाधिक आरोहण, ३१ औँ आरोहण पछि नयाँ कीर्तिमान
सन्तोष राउतसोलुखुम्बु, जेठ १३ गते । आराेही गाइड कामीरिता शेर्पाले यस अघि आफैले राखेको कीर्तिमान ताड्दै मङ्गलवार बिहान ४ बजे सगरमाथा आरोहण ३१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।गएको वर्ष शेर्पाले २९ औँ र ३० औँ पटक आरोहण गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने विश्व कीर्तिमानी आरोही बन्नुभएको हो । उक्त आफ्नै रेकर्ड तोडेर शेर्पाले नयाँ रेकर्ड बनाउनु भएको छ । आरोही शेर्पा गाइडको भूमिकामा उहाँले सगरमाथा आरोहण गर्दै आउनु भएको छ । सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिनु भएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो ।सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहण गर्नुभएको नेपाल पर्यटन विभागले जनाएको छ ।
नगर गौरवको आयोजना,अन्तरधार्मिक शान्तिपार्क बन्दै
पाँच धर्मका धर्मगुरु एकै स्थानमा बसेर धर्मभित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणाका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ ।
जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने
कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानुनी परामर्श कार्यक्रम
महिला तथा बालहिंसा न्यूनीकरण गर्न यहाँको रामप्रसादराई गाउँपालिकाले कानुनी परामर्श तथा चेनतामूलक कार्यक्रम सञ्चालन गरेको छ । विपन्न, गरिब, सीमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरूमा न्यायको पहँुच विस्तार गर्न कार्यक्रम गरिएको हो ।
ट्याक्टरको ठक्करबाट दुईजनाको मृत्यु
ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ ।
‘कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहिड्नु’ : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्तालाई नेताको झोला मात्र बोकेर नहिड्न आग्रह गर्नुभएको छ ।
नङशलदेवी र नीतालाई ब्याटमिन्टन उपाधि
भोजपुरकी नङशलदेवी तामाङ र नेपाल पुलिस क्लबकी नीता लम्सालले आठौँ मेयर कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायाे १५ करोड बढी राजश्व
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
योजना माग गर्नुहुँदै उपाध्यक्ष साम्रा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले योजना मागको फाइल बोकेर मन्त्रालय–मन्त्रालय पुग्नुभएको छ । आफ्नो गाउँपालिकाको समस्या र आवश्यकतामा केन्द्रित योजना माग गर्दै उपाध्यक्ष साम्रा कोशी प्रदेशका विभिन्न मन्त्रालय पुग्नुभएको हो ।
चलचित्र पत्रकारको श्रीअन्तु ११ बुँदे घोषणा पत्र
चलचित्र पत्रकार संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ सार्वजनिक भएको छ । घोषणा पत्रमा इलामको दश वटा स्थानीय तहमा नेपाली चलचित्र र पर्यटन विकास विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न माग गरिएको छ ।
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
पाँचथर याङवरक गाउँपालिका–५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा श्रीमान कृष्ण लिङदेनले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएको ४० वर्षीया सम्झना भट्टराईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
कानेपोखरीमा मङ्गलबार सार्वजनिक बिदा
मोरङको कानेपोखरी गाउँपालिका कार्यालयले जेठ १३ गते मङ्गलबार पालिका भरि सार्वजनिक बिदा दिने भएको छ । किरात राई समुदायको सबैभन्दा ठुलो चाड साकेला सिली उभौलि पर्वको मङ्गलबार समापन गरिने भएकोले उक्त दिन बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा
इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ ।
सगरमाथा दिवस मनाउने तयारी
बहत्तरौँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । मे २७, २८ र २९ अर्थात् जेठ १३, १४ र १५ गतेका दिन खुम्बु पासाङल्हामु गाउँपालिका–५,
कृषि सामग्री वितरण
इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यव्रmम अनुसार किसानलाई
वडा कार्यालय बनाउन ललित तामाङद्वारा निः शुल्क जग्गादान
भोजपुर नगरपालिका ९ ले नयाँ प्रशासनिक भवनबाट सेवा थालेको छ । वडाले स्थानीयवासीलाई पायक पर्ने स्थान पानीट्याङ्की नजिक रु ३४ लाख लागतमा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह थालनी गरेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।