नियमित विद्यालय उपस्थिति हुने विद्यार्थी सम्मानित
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ ।
कोशी प्रदेशसभा बैठक : प्रदेश सरकारका कामप्रति ध्यानाकर्षण
कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट विशेष समय लिएर बोल्नुभएका कार्कीले दमा क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्न, जनतामा आशा जगाउन, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न तथा नागरिकहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने जस्ता कार्यमा प्रदेश सरकारले उल्लेखनीय काम गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
इलाममा चलचित्र दिवस तथा पत्रकार सङ्घको राष्ट्रिय भेला
चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ।
अटोले ठक्कर दिँदा बालक घाइते
धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । बुधबार पाख्रीबास नगरपालिका–९, उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डअन्तर्गत धर्मशालामा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
आठराई त्रिवेणीका पूर्वाधारमा प्रगति
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले आफ्नो कार्यकालको तीन वर्षे अवधिमा पूर्वाधार विकासको काममा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभएको छ।
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्धनमा जोड
यहाँको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधिले मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
जेठाजुले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते
धनकुटामा धारिलो हतियार प्रयोग हँदा जना महिलालाई गम्भीर घाइते भएकी छन् । मङ्गलबार घराएसी विवादका कारण जेठाजुले प्रहार गरेको धारिलो हतिया खुकुरीकोबाट महिला घाइते भएकी हुन् ।
‘जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ ’
झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गर्नुहुँदै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताउनुभयो ।
‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ ।
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ ।
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो ।
भूमिहीनलाई लालपुर्जा दिने तयारी
आफ्नो लालपुर्जा नहुँदा बर्सौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई लालपुर्जा वितरण गर्न अहिले जिल्ला तहमा धमाधम काम भइरहेको छ ।
एकताको सहभाव राख्न आग्रह
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशमा लोकतन्त्रको स्थापना गर्न राई जातिको महìवपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
खाँदबारीको सौन्दर्य
ड्रोनबाट खिचिएको सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्र ।
गाउँ टोल र बस्तीसम्म गस्ती
ग्रामीण क्षेत्रमा शान्ति सुरक्षाको अवस्थासँगै नागरिकका आशा अपेक्षा बुझ्न पाँचथर प्रहरीले गस्ती बढाएको छ। २०८१ सालको मङ्सिरदेखि वैशाख मसान्तभित्र जिल्लाका नगर र गाउँ र बस्तीसम्म २२ वटा टोली परिचालन गरेको छ।
हिलिहाङलाई ‘कुम्मायक गोल्डकप’ उपाधि
पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न छैटौँ पालिका स्तरीय ‘कुम्मायक गोल्डकप’ को उपाधि हिलिहाङ गाउँपालिकाले जितेको छ ।
चार सय विद्यार्थीको आँखा परीक्षण
ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ।मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो।
वडा–वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वडा–वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गाउँपालिकाले राष्ट्रिय परिचयप बनेर आएका लाभग्राहीलाई वडा–वडामा वितरण गरेको हो।
आगलागीका कारण ११ लाख बराबरको क्षति
झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर-९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो ।
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताउनुभएको छ । यो एउटा गम्भीर समस्या हो, उहाँको भनाइ छ ।
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ ।
उपभोक्ता संरक्षण ऐनअन्तर्गत मोरङमा चिकित्सकविरुद्ध पहिलो मुद्दा
गलत उपचारका कारण बिरामीको मृत्यु भएपछि उपभोक्ता संरक्षण ऐनअन्तर्गत चिकित्सकविरुद्ध मोरङमै पहिलो पटक मुद्दा दर्ता भएको पाइएको छ ।