• २५ जेठ २०८२, आइतबार

हिलिहाङलाई ‘कुम्मायक गोल्डकप’ उपाधि

blog

उपाधि विजेता टोली ।

राधा लुइटेल 

फिदिम, जेठ ६ गते । पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न छैटौँ पालिका स्तरीय ‘कुम्मायक गोल्डकप’ को उपाधि हिलिहाङ गाउँपालिकाले जितेको छ ।

यासोकस्थित श्री पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा हिलिहाङले तेह्रथुमको म्याङलुङ नगरपालिकालाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेटको समयसम्म खेल ३–३ गोलको रोमाञ्चक बराबरीमा सकिएको थियो । त्यसपछि निर्णायक मण्डल र दुवै टिमका कप्तानको सहमतिमा ट्राइबेकरबाट निर्णय लिइएको हो । ट्राइबेकरमा हिलिहाङले सबै प्रहारलाई गोलमा परिणत गर्न सफल भएपनि म्याङलुङले एउटा अवसर गुमायो ।

उपाधि विजेता हिलिहाङले एक लाख २५ हजार ५ सय ५५ रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र तथा उपविजेता म्याङलुङले ५५ हजार ५ सय ५५ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र पायो । 

समापन कार्यक्रममा आयोजक कुम्मायक गाउँपालिकाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।