साहारा लिम्बू
फुङ्लिङ, जेठ १३ गते। लिम्बू पत्रकार सङ्घ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बू) चयन हुनुभएको छ। मङ्गलबार भएको चौंथो जिल्ला अधिवेशनले लिम्बूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन हुनुभएको हो।
समितिको उपाध्यक्षमा उदय खुदाङ, सचिवमा साहारा लिम्बू, सहसचिवमा बसन्त लाबुङ, कोषाध्यक्षमा मनु (लिम्बू) माबो चयन हुनुभएको छ। यस्तै सदस्यमा अनमोल लिम्बू, नवीना लिम्बू, सोस्ना लिम्बू, सिता माबो (लिम्बू) चयन हुनुभएको छ। प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन हुनुभएको छ।
अधिवेशन लिम्बू पत्रकार सङ्घको केन्द्रीय कोषध्यक्ष दिलकुमार लिम्बूको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो। विशिष्ट अतिथिकोरुपमा केन्द्रीय सदस्य गंगा लिङ्खिम, केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द पन्दाक (लिम्बू)को उपस्थिति रहेको थियो।