• ३० जेठ २०८२, शुक्रबार

नङशलदेवी र नीतालाई ब्याटमिन्टन उपाधि

blog

उपाधि विजेता खेलाडी ।

गोकुल भुजेल

भोजपुर, जेठ १२ गते । भोजपुरकी नङशलदेवी तामाङ र नेपाल पुलिस क्लबकी नीता लम्सालले आठौँ मेयर कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । 

प्रत्यासी नेपाल आर्मी क्लबकी अमृता गिरी र रसिला मर्हजनलाई बेष्ट अफ थ्रीमा जितेर उपाधि हात पार्नुभएको हो । मिक्स डबलमा एपिएफका भोजबहादुर गुरुङ र प्रनिस सिंह ठकुरीले बाजी मार्नुभयो । 

मिक्स डबलमा त्रिभुवन आर्मीका प्रफुल महर्जजन र रसिला मर्हजन विजयी हुनुभयो । ब्वाइज सिंगल अन्डर थर्टिनमा सुदेश राजकोटि, ग्लस सिंगल अन्डर फिप्टिनमा त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठ, ग्लस सिंगल अन्डर थर्टिन सविज्ञा दहाल विजयी हुनुभयो । 

त्यस्तै मेन्स डबल बि लेबलमा धनेन्द्र बस्नेत र प्रतिक विष्ट विजयी हुनुभयो । ब्वाइज सिंगल अन्डर फिप्टिनमा त्रिभुवन आर्मीका सुदेश राजकोटि, ओमन्स डबलमा नीता लम्साल र नङशलदेवी तामाङ, मिक्स डबलमा भोजबहादुर गुरुङ र प्रनिस सिंह ठकुरी विजयी हुनुभयो । 

गल्र्समा सिंगल अन्डर फिप्टिन विद्यामा त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठ पहिलो, नदिरा तामाङ दोस्रो, सविज्ञा दहाल र अर्जनीका शेरचन तेस्रो हुनुभयो । 

ओपन मेन्स डबलमा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ७० हजार, ४० हजार, २०/२० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । अन्य विधाका विजेताले पनि नगद पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले लगायतले पुरस्कार प्रदान गर्नुभयो ।